• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

कांग्रेसले प्रधानमन्त्रीमा शेखरलाई प्रस्ताव गर्‍यो भने नयाँ गठबन्धन के होला ?



काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति चुनाव अघि भएको भए पनि अहिले सो पदमा माओवादीले दाबी गरेपछि यसैलाई निहुँ पारेर सुरु भएको कांग्रेस र माओवादी पार्टीबीचको खटपटले नयाँ गठबन्धन जन्माएको छ ।

विकसित घटनाक्रमबाट नै नयाँ गठबन्धन बनेको छ सत्ताका लागि । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बनेको छ र त्यसमा हिजोसम्मको प्रमुख प्रतिपक्षी दल एमाले पनि सहभागी भएको छ । आज एमाले प्रमुख सत्तारुढ दल बनेको छ र कांग्रेस सत्ताबाट बाहिरिएर विपक्षी दल बन्न पुगेको छ ।

यो नयाँ समिकरणमा रास्वपा पनि अटेको छ तर उता माधव नेपालको दल नेकपा एस भने अनिर्णित बन्न पुगेको छ । उ सरकारमा जाने कि नजाने भन्नेमा अल्झिएको छ भने अर्कोतर्फ गठबन्धन कुन रुप या स्वरुपमा अघि बढ्ने हो भन्ने नै स्पष्ट हुन सकेको छैन ।

हुनत सोमबार साँझसम्म सत्ताका नयाँ चार दलले आफ्नो खाका तयार पारेर सार्वजनिक पनि गरेका छन् तर त्यो भन्दा पनि अघि आज प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले धेरैलाई अचम्ममा पारेको छ । प्रचण्ड पदमा छँदा सालिन नै विचार राख्ने व्यक्ति हुन् । उनी त्यति आक्रामक भएर बोल्दैनन् । तर सोमबार त्यस्तो देखिएनन् ।

म बाँचुञ्जेल यस्तो उथलपुथल भइरहन्छ भनेर उनले दिएको अभिव्यक्ति कोप्रति लक्षित थियो भन्ने बुझ्न नसकिएपनि उनलाई हिन्दू धर्मको विषयलाई लिएर दक्षिणले चेपुवामा परेको भने बुझ्न सकिन्थ्यो । त्यसैगरी उनले प्रतिक्रियावादीहरुले आफूलाई घेराबन्दीमा पारे पनि उनीहरुलाई नै लात्तीले हानेर भित्तामा पुरइदिने बताएका थिए । उनी निकै हतार र हतासमा थिए र उनको अभिव्यक्ति वर्तमान प्रधानमन्त्री बनेपछिकै सबैभन्दा आक्रामक थियो । यसको अर्थ धेरैले धेरै किसीमले लगाए पनि यो गठबन्धनको भाग्य र भविष्य त्यति राम्रो छैन भनेर बुझ्न सकिन्थ्यो ।

यतिबेला पनि विश्लेषकहरुले यो नयाँ गठबन्धनका लागि पनि उत्तर र दक्षिणका अभ्यासहरु भएका बताउँछन् । यसैबीचमा तीन दिनअघि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले कांग्रेस माओवादी गठबन्धन नतोड्न भनेका थिए । उनले राष्टिय सभाको अध्यक्षमा कृष्ण सिटौलालाई जिताएर गठबन्धन कायम राख्न गरेको प्रयास सफल हुन नसकेको उनीहरुकै बुझाई छ ।

यो प्रयास सफल हुन नसकेपनि दक्षिणले अर्को प्रस्ताव ल्याएको छ एमालेलाई मनाउने । कांग्रेस र एमालेको सरकार निर्माणका लागि दक्षिणले अघि सारेको प्रस्ताव शेखर कोइराला प्रधानमन्त्री हुने भन्ने हो । यदि कांग्रेसका कोइरालालाई प्रधानमन्त्रीका रुपमा अघि सार्न नेपाली कांग्रेस तयार भयो भने यता एमालेले समर्थन गर्न तयार रहेको बुझिएको छ । यदि त्यसो भयो भने शेखर प्रधानमन्त्री हुने र त्यसमा एमालेले पनि सहयोग गर्ने हुन सक्छ । यो लाइन पनि अहिले छलफलकै क्रममा छ ।

के तर यसका लागि काँग्रेस तयार होला त ? यदि काँग्रेस तयार भयो भने यता एमालेले सोमबार बनेको नयाँ गठबन्धनबाट बाहिर निस्किएर शेखरलाई समर्थन गर्न सक्ने आश्वासन एमाले अध्यक्ष केपी ओलीले दिएका छन् । नेपालको राजनीति आखिर परीक्षणमै सीमित रहीरहेकाले यसलाई पनि परीक्षण नगरिएला भन्न सकिँदैन ।

तर देउवा यसका लागि तयार हुने देखिएको छैन । उनले पार्टीभित्र पनि आफू बाहेक अर्को पक्षको अस्तित्व स्वीकार नगरेकै कारणले अहिले यो अवस्था आएको धेरैलाई थाहै छ । त्यसैले यो प्रस्तावमा पनि उनी तयार नहुन सक्छन् । तर शेखर नै प्रधानमन्त्री बन्ने शर्तमा यदि यो रणनीति अघि बढ्यो भने काँग्रेसमा एक प्रकारको तरंग भने यसले ल्याइदिन सक्छ । उता एमालेमा पनि यो गठबन्धन टुटाउन मात्र ओलीले खोजेकाले भोलि माओवादीको सट्टा काँग्रेसबाटै प्रधानमन्त्री बन्ने अवस्था आयो भने पनि त्यसका लागि सहयोग गर्न एमाले तयार नै रहेको बुझिन्छ ।