५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित



अ+ अ-

धरान । स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ ।

यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडको कारोबार भएको र एक लाख पाँच हजारजनाले अवलोकन गरेका सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यसपटकको एक्स्पोमा व्यापार–व्यवसायमा विविधता रहेकाले सहभागीहरु पनि उत्साहित बनेको महासचिव प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक स्थानीय कृषि उत्पादनदेखि देश–विदेशका औद्योगिक उत्पादनसम्म समेटिएकाले व्यापारी र ग्राहक दुवै सन्तुष्ट रहेको पाएका छौँ ।”

एक्स्पोमा स्थानीय रुपमा उत्पादित स्ट्रबेरी, किबी, बेसार र साबुनका स्टल राखिएका छन् । त्यसैगरी, धरानको खेल पर्यटनलाई प्रवद्र्धन गर्न जिपलाइनदेखि प्याराग्लाइडिङ र विभिन्न खेल समावेश गरिएका थिए । त्यसैगरी, विभिन्न खानेकुरा, नर्सरी, गाडी र मोटरसाइकलका स्टलहरु एक्स्पोमा राखिएका छन् । व्यापारमा विविधतासँगै व्यवसायीहरु पनि उत्साहित भएका छन् ।

विराटनगरबाट साबुनको व्यापार गर्न आउनुभएका व्यापारी मदन मास्के धरान एक्स्पोमा राम्रो व्यापार भइरहेकामा उत्साहित हुनुहुन्छ । धेरै वर्षअगाडि देखि मार्केटिङको काम गर्दै आउनुभएको उहाँले अहिले धरान एक्स्पोमा बम्पर अफरसहित साबुन र सर्फ बिक्री गरिरहनुभएको छ । उहाँको स्टलमा निकै भीड लाग्ने गरेको छ । एक्स्पोमा तीनजना स्टाफ राखेर व्यापार गरिरहनुभएको उहाँ खुसी हँुदै भन्नुहुन्छ, “एक दर्जन कपडा धुने साबुन किन्दा एक दर्जन साबुन नि:शुल्क दिएको छु, सर्फ पनि एक प्याकेट किन्दा एक प्याकेट सित्तैमा दिएको छु । त्यसो गर्दा मेरो स्टलमा राम्रो व्यापार भइरहेको छ ।”

उहाँले दैनिक रुपमा रु एक लाखदेखि एक लाख ८० हजारसम्मको व्यापार गर्दै आएको बताउनुभयो । धरान एक्स्पोमा जुम्लाबाट अग्र्यानिक स्याउ लिएर आउनुभएको गङ्गादेवी राउत पनि व्यापार राम्रो भइरहेको बताउनुहुन्छ । दश वर्षअगाडि देखि यसरी नै प्रत्येक हाटबजार र उत्सवतिर गएर व्यापार गर्दै आएको राउत धरान एक्स्पोमा सोचेभन्दा राम्रो व्यापार भएको बताउनुहुन्छ । दैनिक ४० देखि ५० हजारको स्याउ बिक्री भइरहेको बताउँदै उहाँ भन्नुहुन्छ, “धेरै ठाउँमा व्यापार गर्दै आएकी छु तर अहिले धरानमा जस्तो व्यापारमा उत्साहित चाहिँ पहिला कहिले भएकी थिइनँ ।” उहाँले एक्स्पोमा जुम्लाबाट ल्याएको अग्र्यानिक स्याउ, मार्सी चामल, गहुँको चामल, सिलाजित, दाललगायत जुम्लाका स्थानीय उत्पादन बेचिरहनुभएको छ ।

यही फागुन २३ गतेसम्म सञ्चालन हुने धरान एक्स्पोमा पाकिस्तान, भारतलगायत देशका विभिन्न उत्पादन पनि बिक्री भइरहेका छन् । रोटे पिङलगायत खेलका साथै हरेक साँझ साङ्गीतिक कार्यक्रम पनि भइरहेको छ । विगतको वर्षभन्दा यसपटकको एक्स्पो कारोबारका हिसाबले राम्रो रहेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “धरानभित्र र कोशी प्रदेश क्षेत्रका उत्पादनसँगै देशका अन्य जिल्लादेखि विदेशका समान पाइने भएकाले एक्स्पोले ग्राहकका लागि आवश्यक पर्ने सबै कुरा एकै ठाउँमा जुटाइदिएको छ । त्यसैले पनि ग्राहक र व्यापारी दुवै उत्साहित छन् ।” रासस