२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

‘चालकहरूले रेल छोडेर फोनमा क्रिकेट हेरेपछि दुर्घटना भयो’

‘चालकहरूले रेल छोडेर फोनमा क्रिकेट हेरेपछि दुर्घटना भयो’
अ अ+ अ-

नयाँदिल्ली । गत अक्टोबरमा रेलका चालकहरूले फोनमा क्रिकेट हेरिरहेका र रेलका लागि गरिएको ट्राफिक सङ्केत पालना नगरेका कारण रेलले अर्को रेललाई ठक्कर दिन पुगेको भारतीय रेलमन्त्रीले बताएका छन् ।

गत अक्टोबरमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ग्ल्यान्डविरुद्ध खेल्दै गर्दा आन्ध्र प्रदेशमा उक्त दुर्घटना भएको थियो ।

रेलमन्त्री अश्विनी वैष्णवलाई उद्धृत गर्दै भारतीय समाचार संस्था (पीटीआई) ले लेखेको छ, “आन्ध्र प्रदेशमा भएको पछिल्लो रेल दुर्घटना चालकहरूले क्रिकेट खेल हेर्दै गर्दा विचलित भएका कारण भएको हो ।”

उनले भने, “अब भारतले कुनै पनि विचलन पत्ता लगाउन सक्ने प्रणालीहरू स्थापना गर्नेछ । नयाँ प्रविधिले चालकहरूलाई आफ्नो जिम्मेवारीबाट अन्यत्र ध्यान मोडेको खण्डमा उनीहरूको सवारीतर्फ ध्यान केन्द्रित गर्नेछ ।”

क्रिकेटका लागि ‘क्रेजी’ भारतका करोडौं शुभचिन्तकहरूले अक्टोबरमा सम्पन्न विश्वकप खेलको प्रत्यक्ष प्रशारण हेरेका थिए ।

हिन्दुस्तान टाइम्सका अनुसार गत महिना एक मालबाहक रेलले चालकबिना ७० किलोमिटर (४० माइल) यात्रा गरेको पुष्टि भएपछि अधिकारीहरूले स्टेशन मास्टर र अन्य तीन कर्मचारीलाई बर्खास्त गरेका थिए ।

गत महिना करिब ५० वटा डब्बा भएको रेल करिब दुई घण्टासम्म चालकको नियन्त्रणविना नै गुडेपछि लापरबाही गरेको भन्दै उनीहरूलाई पदबाट हटाइएको थियो ।

सन् १९८१ मा बिहार राज्यको एक पुल पार गर्ने क्रममा रेल दुर्घटना हुँदा ८०० जनाको मृत्यु भएको थियो ।

सन् २०२३ को जुन महिनामा उडिसा राज्यमा तीन वटा रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।

हालैका वर्षहरूमा भारतले आधुनिक स्टेशनहरू र इलेक्ट्रोनिक सङ्केत प्रणालीहरूको जडान गरी नेटवर्क अदावधिक गर्न ठूलो रकम लगानी गरिरहेको छ ।