२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा फेरबदल आए पनि मिसन ८४ छोड्दैनौँ: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा जेसुकै परिवर्तन भएपनि मिसन ८४ नछाड्ने बताएका छन् ।

सोमबार पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रममा बोल्दै ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताए ।

आज देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘‘यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति । आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ । देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो । देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं । हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो ।’

सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने बताउदै ओलीले भने, ‘जे होस् आंशिक ढंगले देशको भताभुंग बिग्रिएको अवस्था छ । त्यस अवस्थाबाट सकारात्मक बाटोमा फर्किन्छ भन्ने विश्वास व्यक्ति गरेको छु । आज केही परिवर्तन हुन्छ।’