२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

सरकारले जनमतको कदर गर्छ, संविधानलाई मिच्दैन : प्रधानमन्त्री ओली

सरकारले जनमतको कदर गर्छ, संविधानलाई मिच्दैन : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताउनु भएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टँुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताउनुभएको हो । सरकारले जनताको अभिमत भन्दा विपरित नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्ट्राचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन संविधान मिच्दैन मिच्न दिदैन जनताको अभिमत भन्दा विपरित जाँदैन र जान दिदैन भ्रष्ट्राचार गर्दैन र गर्न दिदैन सुशासन कायम गरेर छोडछ अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाई दिदीबहिनीहरुलाई आस्वस्त पार्न चाहन्छु । ’

जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘लोकतन्त्रलाई बिना व्यवधान र बिना विकृति अगाडि बढाउनका लागि लोकतन्त्र भित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाउन, लोकतन्त्र जनताको आकांक्षा र अभिमत बाट सञ्चालित हुन सकुन त्यस अभिप्रायले र अस्थिरता लोकतन्त्र भित्रैबाट प्रणाली भित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न र कुबाटोतिर लोकतन्त्रलाई धकेल्ने चेष्टाहरुलाई अगाडि जान नदिन अहिले मुलुक फेरी नयाँ निर्वाचन तर्फ अग्रसर भएको छ ।’

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रह समेत गर्नुभयो । देशलाई अस्थिरताबाट जोगाउन जुन अभिमतद्धारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधि सम्बत ढंगले देशलाई अगाडि बढाउन ताजा जनादेश आवश्यक भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘नयाँ निर्वाचनको तयारीका लागि म आग्रह गर्न चाहन्छु सबै निकायहरुले आ–आफ्नो भूमिका जिम्मेवारी पूर्वक बहन गर्नुपर्दछ । कुनैपनि हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलापहरु कहिंबाट पनि हुनुहुँदैन । निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनुपर्दछ । देशलाई अस्थिरताबाट जोगाउने र स्वस्थ जनअभिमतद्धारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधि सम्बत ढंगले अगाडि बढ्ने बाटो ताजा जनादेश नै हो ।’ 

प्रधानमन्त्री ओलीले सनातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा काम गर्न, स्वार्थहरुमा एकतावद्ध भएर अगाडि बढ्न सबै राजनीतिक पक्षहरुलाई आग्रह गर्नुभएको छ । अझैपनि शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन नसकेका पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘म सबैलाई आग्रह गर्न चाहन्छु हाम्रा सानातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हित र स्वार्थहरुमा एकतावद्ध भएर अगाडि बढौं । शान्तिपूर्ण राजनीतिको मुलधारमा आउनका निम्ति पनि अझैपनि यस धारमा समाहित नभइसकेका या हुन नसकिरहेका कतिपय पक्षहरुलाई पनि म यस अवसरमा संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन हार्दिक आग्रह गर्न चाहन्छु ।’ 

पूर्वाधार र विकासका क्षेत्रमा भएका कामहरुबाट देशको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ती उपलब्धीहरुको रक्षा गर्दै अगाडि बढ्न र समृद्ध नेपाल सुखि नेपालीको आकांक्षा पुरा गर्ननका लागि सुशासन र विकासको बाटोबाट सरकार अगाडि बढ्ने अथक प्रयास गरिरहेको पनि बताउनुभयो ,। उहाँले भन्नुभयो ‘यस बीचमा हामीले विभिन्न क्षेत्रमा गरेका उपलब्धीहरु पूर्वाधारका क्षेत्रमा गरेका उपलब्धी अथवा विकासका क्षेत्रमा गरेका उपलब्धीहरु शिक्षाका क्षेत्रमा होस स्वास्थ्यका क्षेत्रमा होस आर्थिक समृद्धिका क्षेत्रमा होस विकासका विभिन्न क्षेत्रहरुमा गरेका उपलब्धीहरु असाधारण छन् । ती उपलब्धीहरुबाट सिक्दै तीनको रक्षा गर्दै हामी आज अगाडि बढ्नु परेको छ । आज हामीले हाम्रो राष्ट्रिय आकांक्षालाई समृद्ध नेपाल र सुखि नेपालीको आकांक्षा यो राष्ट्रिय आकांक्षा हामीले भनेका छौं र यसलाई साकार पार्नका लागि सुशासन र विकासको बाटोबाट हामी अगाडि बढ्ने अथक प्रयास गरिरहेका छौं । ’ 

विगत सात दशकमा राष्ट्रियतालाई सबल र सुदृढ गर्ने कुरामा, समाजिक न्याय र समानताका क्षेत्रमा भएका प्रयास, देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने र लोकतन्त्रका मूल्य मान्यताहरुलाई स्थापित गर्ने सन्दर्भमा असाधारण उपलब्धीहरु हासिल भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘इतिहासको यस गतिशिल यात्रामा हामीले विगत सात दशक राष्ट्रियतालाई सबल र सुदृढ गर्ने कुरामा सामाजिक न्याय र समानतातर्फको हाम्रो प्रयास र यात्रामा र देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने सन्दर्भमा लोकतन्त्रका मूल्य र मान्यताहरु स्थापित गर्ने सन्दर्भमा असाधारण उपलब्धीहरु हासिल गरेका छौं ।’

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेपछि पनि अन्यथा बाटोबाट अगाडि बढ्न सकिन्छ की भन्ने प्रवृतिहरु हावी हुन खोजेको बताउनुभयो । यस्ता कुराहरुमा सरकार सतर्क रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो देशमा अहिलेपनि लोकतन्त्र आइसकेपछि पनि यति लामो बलिदानपूर्ण संघर्ष हामीले गरेर लोकतान्त्रिक प्रणाली र विधिको साशन स्थापना गरिसकेपछि पनि अझैपनि अन्यथा बाटोबाट अगाडि बढ्न सकिन्छ की भन्ने अथवा अन्यथा बाटो रोज्ने प्रवृतिहरु छ । हामी यस्ता कुराहरुबाट सतर्क रहनुपर्दछ र लोकतन्त्र भन्दा लोकतान्त्रिक प्रणाली भन्दा शान्तिपूर्ण राजनीतिको मुलधार भन्दा अर्को उपयुक्त बाटो हुन सक्दैन भन्नेकुरा हामी सबैले महसुस गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले अर्को वर्षसम्म नेपाल अल्पविकशित राष्ट्रबाट विकासशिल राष्ट्रमा प्रवेश गर्नुपर्ने भएकाले धेरै कामहरु गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।