११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा ‘तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु र’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा एमिकस क्युरीले आफ्नो राय दिइरहेका छन् । शुक्रबार एमिकस क्युरी गीता पाठकले बहसका क्रममा इजलासमा गीत र सायरीबारे चर्चा गरिएकी हुन् । 
 इजलासमा पाठकले  भनिन्  ‘यहाँ धेरै सायरी आए तर खासमा यहाँ सुहाउने त स्वरसम्राट नारायण गोपालको गीत, तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु र भन्ने चाहिँ सुहाउँछ ।’ 

एमिकस क्युरीका रूपमा इजलाससामु आएकी वरिष्ठ अधिवक्ता पाठकले भनिन्, 'यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं । हामी सबै कोमामा छौं । हामीलाई स्वास फेर्न गाह्रो हुन्थ्यो ।'

पाठकले आफूले यो विघटनलाई ठिक र बेठिक दुबै नभन्ने बताइन् । ‘यो विघटन म ठिक पनि भन्दिन, बेठिक पनि भन्दिन,’ उनले भनिन्, ‘म हाम्रो संविधानको वकालत गर्छु । संविधानको व्याख्याको सिद्दान्तको कुरा गर्छु ।’