७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन भत्कियो, एमालेका पदम गिरी सरकारमा जाने



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको सत्ता गठबन्धन भत्किएको छ । योसँगै अब प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अब एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । यसबारे ती दलका शीर्ष नेताहरुबीच सहमति भइसकेको छ । यसबाहेकका दलहरुसँग पनि प्रधानमन्त्रीले कुरा गरिरहेका छन् ।

गएरातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । तर गएरातिको सहमतिबाट दाहाल पछि नफर्कने अडानमा छन् ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि अहिले बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ ।

 

एमालेबाट आजै पदम गिरी सरकारमा जाने

कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने निश्चित भएको छ । ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

दाहाल नेतृत्वको सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने भएका छन् ।