२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा

अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा
अ अ+ अ-

फिक्कल (इलाम) । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् ।

भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ । गत वर्ष प्रतिकेजी रु एक सय २० देखि रु एक सय ३० सम्ममा बिक्री भएको अम्रिसोको फूल ९कुचो० अहिले प्रतिकेजी रु ६५ मा मात्र बिक्री भएको जनाइएको छ ।

माई नगरपालिका–९ का पूर्णकुमारी साउदेनले कुचो किन्नका लागि व्यापारीे घरैसम्म आएका र सस्तो मूल्यमा कुचो बेच्न बाध्य भएको बताउनुभयो । “गत वर्ष यामको सुरुमा नै प्रतिकेजी रु एक सय १० का दरले कुचो बेचेको थिएँ, पछि रु एक सय ३० सम्म पुगेको थियो, यस वर्ष प्रतिकेजी रु ६५ का दरले बेच्न बाध्य भइयो”, उहाँले भन्नुभयो, “यस्तै तरिका हो भने घरव्यवहार चलाउन नै मुस्किल गर्ने रहेछ ।”

मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अम्रिसोको खेतीमा लागेका किसान मारमा परेको किसान अभिषेक येक्तेनले बताउनुभयो । विगतमा राम्रो मूल्य पाएपछि किसानले हौसिएर अम्रिसो खेती गरेको भए पनि अहिले निराशा छाएको उहाँले गुनसो गर्नुभयो । “अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन”, उहाँले भन्नुभयो, “मैले यस वर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसा समेत नपुग्ने अवस्था छ ।”

यसरी मूल्य नै घट्दै जाने हो भने अम्रिसोको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको किसान पवन राई बताउनुभयो । “दुई/तीन वर्षअघिसम्म कुचोको मूल्य राम्रो थियो”, उहाँले भन्नुभयो, “हामीले प्रतिकेजी एक सय ३० सम्ममा बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि खेतमा समेत अम्रिसो लगाइयो, अहिले समस्या भयो । समय फेरियो अब फेरि अम्रिसोको विकल्पमा अरु बाली लगाउनुपर्ने अवस्था छ ।”

भिरालो पाखोबारीमा समेत भूक्षय रोक्ने उद्देश्यले बारीका कान्लाको अम्रिसो खेती गरिन्छ । अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमा नै आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गर्ने गरेका छन् । बिरुवाका लागि भइरहेको बोटबाटै अर्को बिरुवा निकाल्न सकिने, गोडमेलका लागि झन्झट नहुने भएका कारण कम लगानीमा राम्रो आम्दानी गर्न सफल भएपछि किसान अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् ।

किसानले यसको पात र कमलो डाँठ बोट डालेघाँसका लागि प्रयोग हुने र फूल (कुचो) छुट्टाछुट्टै मूल्यमा बिक्री गर्ने गरेका छन् । दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने गरेकै कारण किसानले प्रसस्त मात्रामा कुचो उत्पादन गर्ने गरेका छन् । अहिले एक जना किसानले चार हजार केजीसम्म कुचो बिक्री गर्ने गरेका छन् ।

यस वर्षको सुरुमा प्रतिकेजी रु ७५ देखि ८० सम्ममा कुचो किनबेच भए पनि अहिले मूल्यमा झनै गिरावट आएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय अम्रिसो किसानमा निराशा छाएको उहाँले बताउनुभयो । “मूल्यमा आउने उतावचढावका कारण अम्रिसो किसानमा निराशा छन्”, उहाँले भन्नुभयो, “मूल्य घटेका कारण किसानको श्रम ज्याला नउठ्ने अवस्था छ । सरकारले नीति बनाएर किसानलाई उत्पादनका आधारमा सहुलियतपूर्ण कर्जा दिनमा ध्यान दिन किसानमा उत्साह थपिने थियो ।”

इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्यरुपमा अम्रिसो खेती हुने गर्दछ । अम्रिसोको कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काँकटभिट्टा हुँर्दै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन अम्रिसो उत्पादन हुने तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीको अनुमान छ । घर, कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ । रासस