८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 2.57

Humidity: 68

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा आकस्मिक बैठकमा



अ+ अ-

काठमाडौं । नयाँ गठबन्धन बनाउने कसरतमा लागेका माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी आकस्मिक बैठकमा छन् ।

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा बसिरहेको छ । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भए पनि पछिल्लो राजनीतिक घटनाक्रमले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गएराति भएको छलफलका विषयमा जानकारी गराएका छन् ।

 

माओवादी केन्द्रको सचिवालय बैठक बालुवाटारमा

यता सत्तारुढ नेकपा माओवादी केन्द्रको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । गएराति एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएका हुन् ।

यता जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि आन्तरिक बैठकमा जुटेका छन् । राजनीतिक घटनाक्रम बढ्दै गए आजै नयाँ गठबन्धन बन्ने र नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सरकारबाट बाहिरिने छन् ।