८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 2.57

Humidity: 68

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटका बीच सत्ता गठबन्धनको बैठक आज, के होला निर्णय ?



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज बस्दै छ । गठबन्धन दलका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच खटपट आइरहेका बेला आज बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धन संकटमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालल गठबन्धन दल कांग्रेससँग निकै असन्तुष्ट छन् र वैकल्पिक गठबन्धनको कसरत थालिसकेका छन् । त्यही कारण आजको गठबन्धन बैठक निकै पेचिलो हुने आशंका छ । किनकी राति नै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नयाँ समीकरणका विषयमा छलफल गरिसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आज प्रधानमन्त्रीले संसदमा दिने जवाफका विषयमा निर्णय हुनेछ । विपक्षी नेकपा एमालेले तीन जना मन्त्रीको राजीनामा माग गर्दै आएको छ । संसदमा उठेका विषयमा सरकारले जवाफ नदिएको भन्दै विपक्षी दलहरुले आपत्ति जनाउँदै आएका छन् । सभामुख देवराज घिमिरेले आजको बैठकमा सरकारलाई जवाफ दिन निर्देशन दिइसकेका छन् ।

गठबन्धन दलको बैठकमा विपक्षीले उठाएका मागका विषयमा संसदमा के जवाफ दिने बारे छलफल हुने छ । त्यसैगरी मन्त्रिपरिषद् हेरफेरका विषयमा पनि छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् फेरबदलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सकारात्मक भएपछि अब कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । तर प्रधानमन्त्री दाहाल नयाँ राजनीतिक समीकरणतर्फ अघि बढेकाले आज यस विषयमा के हुन्छ यकिन भन्न सक्ने अवस्था छैन । वर्तमान गठबन्धन कायमै रह्यो भने चाहिँ प्रधानमन्त्रीले सबै दलसँग नयाँ मन्त्री हुनेहरुको नाम माग्ने सम्भावना छ ।

यसैगरी गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत छलफल हुने छ । संक्रमणकालीन न्यायमा माओवादी केन्द्र र नेकपा एमालेबीच समान धारणा आउन थालेका बेला नेपाली कांग्रेसले दुई वटा विषयमा विमती राखेको छ । आज गठबन्धनको बैठकमा यस बारे छलफल हुने र आजै बस्ने कानुन समितिको बैठकले यसलाई टुंगो लगाएर संसद्मा पेश गर्ने तयारी छ ।

बैठकमा राष्ट्रिय सभाको अध्यक्ष कसलाई बनाउने भन्ने पनि छलफल हुने छ । राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन् । यही बेला नेकपा एमाले र माओवादी केन्द्र नजिकिएका छन् । यसले कांग्रेसमा संसय देखिएको छ ।