२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

संकटका बीच सत्ता गठबन्धनको बैठक आज, के होला निर्णय ?

संकटका बीच सत्ता गठबन्धनको बैठक आज, के होला निर्णय ?
अ अ+ अ-

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज बस्दै छ । गठबन्धन दलका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच खटपट आइरहेका बेला आज बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धन संकटमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालल गठबन्धन दल कांग्रेससँग निकै असन्तुष्ट छन् र वैकल्पिक गठबन्धनको कसरत थालिसकेका छन् । त्यही कारण आजको गठबन्धन बैठक निकै पेचिलो हुने आशंका छ । किनकी राति नै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नयाँ समीकरणका विषयमा छलफल गरिसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आज प्रधानमन्त्रीले संसदमा दिने जवाफका विषयमा निर्णय हुनेछ । विपक्षी नेकपा एमालेले तीन जना मन्त्रीको राजीनामा माग गर्दै आएको छ । संसदमा उठेका विषयमा सरकारले जवाफ नदिएको भन्दै विपक्षी दलहरुले आपत्ति जनाउँदै आएका छन् । सभामुख देवराज घिमिरेले आजको बैठकमा सरकारलाई जवाफ दिन निर्देशन दिइसकेका छन् ।

गठबन्धन दलको बैठकमा विपक्षीले उठाएका मागका विषयमा संसदमा के जवाफ दिने बारे छलफल हुने छ । त्यसैगरी मन्त्रिपरिषद् हेरफेरका विषयमा पनि छलफल हुने बताइएको छ । मन्त्रिपरिषद् फेरबदलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सकारात्मक भएपछि अब कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । तर प्रधानमन्त्री दाहाल नयाँ राजनीतिक समीकरणतर्फ अघि बढेकाले आज यस विषयमा के हुन्छ यकिन भन्न सक्ने अवस्था छैन । वर्तमान गठबन्धन कायमै रह्यो भने चाहिँ प्रधानमन्त्रीले सबै दलसँग नयाँ मन्त्री हुनेहरुको नाम माग्ने सम्भावना छ ।

यसैगरी गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत छलफल हुने छ । संक्रमणकालीन न्यायमा माओवादी केन्द्र र नेकपा एमालेबीच समान धारणा आउन थालेका बेला नेपाली कांग्रेसले दुई वटा विषयमा विमती राखेको छ । आज गठबन्धनको बैठकमा यस बारे छलफल हुने र आजै बस्ने कानुन समितिको बैठकले यसलाई टुंगो लगाएर संसद्मा पेश गर्ने तयारी छ ।

बैठकमा राष्ट्रिय सभाको अध्यक्ष कसलाई बनाउने भन्ने पनि छलफल हुने छ । राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन् । यही बेला नेकपा एमाले र माओवादी केन्द्र नजिकिएका छन् । यसले कांग्रेसमा संसय देखिएको छ ।