२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

काठमाडौ महानगरपालीकाबाट अनुगमनपछि ३ वटा अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौ महानगरपालीकाबाट अनुगमनपछि ३ वटा अस्पतालको फोहोर संकलनमा रोक
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आज ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । महाराजगञ्ज — बसुन्धरा — सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो ।

अवस्थाका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाले भन्नुभयो, ‘स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरेका थियौँ । यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका साथ हेरेका थियौँ । आज हेरिएका ३ वटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग नदेखिएकोले फोहोर संकलनमा रोक लगाएका हौँ ।’

आजसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् ।

तीनवटामध्ये पनि विपी स्मृति अस्पतालको अभ्यास धेरै कमजोर छ । यतिसम्मकि अस्पतालका निर्देशक डा. भीम आचार्यलाई फोहोर व्यवस्थापनको फोकल पर्सन को हो, अटोक्लेभ कसले चलाउँछ, जोखिमयुक्त फोहोर कहाँ भण्डारण गरिन्छ भन्ने सूचना पनि थिएन । अनुगमनका क्रममा अटोक्लेभ भएको कक्षमा पुग्दा आफैँ सोध्दै हुनुहुन्थ्यो, यो कसले चलाउँछ । उहाँको सोधखोजपछि रामकुृमार तामाङ् मैले चलाउने हो सर, भन्दै आउनुभयो । अनुगमन टोलीको सोधखोजपछि उहाँले उत्तर दिनुभयो, यहाँ सामान पकाएर अप्रेसनका लागि लाने हो ।

यसपछि थाहा भयो, अटोक्लेभ मेसिन फोहोरलाई निर्मलीकरण गर्नका लागि होइन, अप्रेसनका लागि निर्मलीकरण गरिने साधन तथा उपकरण निर्मलीकरणका लागि प्रयोग गरिएको रहेछ ।

अस्पतालबाट जम्मा भएको फोहोर क्यान्टिन नजिकैको सानो कोठामा बोरामा राखिएको थियो । यो १ सय वेडको अस्पताल हो ।

फोहोर वर्गीकरणका लागि राखिएका बाल्टिनमा मिश्रित फोहोर भेटियो । अस्पतालले फोहोर व्यवस्थापनका लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको वा कसैलाई थप जिम्मेवारी दिएको भेटिएन । अभिलेख त परको कुरा । रंग संकेतका बारेमा अस्पतालका कसैमा सचेतना वा जानकारी भएको देखिएन । महाराजगञ्ज कान्ति बाल अस्पतालबाट ओरालो झर्दै चक्रपथतर्फ लाग्दा राजमार्ग नपुग्दै यो अस्पतालमा पुगिन्छ ।यो अस्पतालबाट सामाखुशीतर्फ करिब आधा किलोमिटरमा कान्तिपुर डेन्टल अस्पताल छ । यो अस्पतालमा १५० वटा डेन्टल चेयर र १ सय वटा वेड छन् । यो काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शिक्षण अस्पताल पनि हो ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले फोहोर भण्डारण र निर्मलीकरणका लागि निर्माण हुँदै गरेको ट्रष्टमा लैजानुभयो । हामीले सुधारको काम थालेका छौँ । तपाईँहरु अर्को पटक आउँदा कुनै त्रुटि भेट्नुहुन्न । उहाँले महानगरपालिकाको पछिल्लो सक्रियताले आफूहरुलाई पनि जिम्मेवार महसुस गराएको र आफैँ पनि काम गरौँ भन्ने भावना जगाएको उल्लेख गर्नुभयो ।

अस्पतालको डेन्टल सेवाबाट दैनिक करिब १० किलो फोहोर उत्पादन हुने गरेको छ । उत्पादित सुइहरु ग्यालिनमा हालेर राखिएको छ । फोहोर वर्गीकरणको अभ्यास जानकारी लिने एक कर्मचारीले भन्नुभयो, हामीले यहाँ छुट््याए पनि संकलन गर्न आउनेहरुले मिसाउने गरेको देखेपछि हामीले वर्गीकरण गर्न छाडेका हौँ ।

बसुन्धरामा रहेको चिरायु अस्पतालमा फोहोर वर्गीकरणका लागि छुट्टाछुट्टै बकेट राखिएका छन् । स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रयास थालिएको छ । नर्सिङ् ट्रलीमा ८ वटा बकेट हुनु पर्नेमा २ वटा मात्र देखिए । प्रयोगशालामा अटोक्लेभ छ, यसलाई फोहोर नभइ प्रयोगशालाका सामानलाई शुद्धिकरण गर्न प्रयोग भएको छ । वर्गीकरण भएको फोहोर राख्न छुट्टाछुट्टै कोठा बनाइएको छ ।

यति प्रयास भएर पनि अटोक्लेभ विग्रिएका कारण संक्रमित फोहोर निर्मलीकरण हुन सकेको देखिएन । यसरी अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो ।

फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहोरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि जोखिमयुक्त फोहोर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृति अनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उपयुक्त प्रयोग नहुनु अस्पतालहरुमा देखिएका फोहोर व्यवस्थापनका साझा समस्या हुन् । समीक्षामा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी गराउनुभयो ।

अस्पतालहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरेको भन्ने गरेका छन् । जसले स्वास्थ्य संगठनको मापदण्ड भन्छन्, उहाँहरुकै विचमा पनि समानता छैन । नेपाल सरकारले जारी गरेको मापदण्ड पालना भएको छैन ।