५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचनका लागि दबाब दिन अखिलले आन्दोलन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति तोक्नका लागि सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

अध्यक्ष सुनिता बरालले विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेकी हुन् । ‘लोकतन्त्रको मुल मर्म संवैधानिक सर्वोच्चता र आवधिक निर्वाचन हो । तसर्थ लोकतान्त्रीक व्यवस्थालाई सुदृढिकरण गर्नका लागि अनेरास्ववियु तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गर्न वर्तमान सरकार समक्ष जोडदार माग गर्दछ । अन्यथा लाखौ विधार्थीहरुलाइ विधिको शासन र कानूनको सर्वोच्चता स्थापित गराउने लडाईमा पुनः एकपटक सडकमा उतार्न हाम्रो संगठन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार परमादेश बाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तीमा भनिएको छ । 

आन्दोलनअन्तर्गत माघ १७ गते देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत् तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको छ।

यस्तै, माघ १७ गते देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने बताइएको छ ।

माघ १८ गतेसम्म स्थानीय तहको निर्वाचन घोषणा नगरे सरकारका मन्त्रीहरु सहभागी कार्यक्रममा कालोझण्डा देखाउने कार्यक्रम तय गरिएको विज्ञप्तीमा उल्लेख छ । 

यसैगरी माघ १९ गते संघीय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरुमा कानुनविद्हरुको उपस्थितिमा सडक बहस गर्ने कार्यक्रम रहेको अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।