११ असार २०८३, बिहीबार
,
Latest
‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचनका लागि दबाब दिन अखिलले आन्दोलन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति तोक्नका लागि सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

अध्यक्ष सुनिता बरालले विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरेकी हुन् । ‘लोकतन्त्रको मुल मर्म संवैधानिक सर्वोच्चता र आवधिक निर्वाचन हो । तसर्थ लोकतान्त्रीक व्यवस्थालाई सुदृढिकरण गर्नका लागि अनेरास्ववियु तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गर्न वर्तमान सरकार समक्ष जोडदार माग गर्दछ । अन्यथा लाखौ विधार्थीहरुलाइ विधिको शासन र कानूनको सर्वोच्चता स्थापित गराउने लडाईमा पुनः एकपटक सडकमा उतार्न हाम्रो संगठन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार परमादेश बाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तीमा भनिएको छ । 

आन्दोलनअन्तर्गत माघ १७ गते देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत् तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको छ।

यस्तै, माघ १७ गते देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने बताइएको छ ।

माघ १८ गतेसम्म स्थानीय तहको निर्वाचन घोषणा नगरे सरकारका मन्त्रीहरु सहभागी कार्यक्रममा कालोझण्डा देखाउने कार्यक्रम तय गरिएको विज्ञप्तीमा उल्लेख छ । 

यसैगरी माघ १९ गते संघीय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरुमा कानुनविद्हरुको उपस्थितिमा सडक बहस गर्ने कार्यक्रम रहेको अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।