२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुपु गोरखा सैनिकको मुद्दामा अन्तर्राष्ट्रिय कानून आकर्षित हुन्छ: नारायण खड्का



अ+ अ-

काठमाडौँ । पूर्वपराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले भुतपूर्व गोरखा सैनिकको पेन्सनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउनुभएको छ ।

आईतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सकेसम्म बेलायत सरकारसँग पहल गर्ने र पहलबाट बेलायती सैनिक सरह नै ब्रिटिश गोरखा सैनिकले पनि समान सेवा सुविधा पाउनुपर्ने माग सम्बोधन हुन नसके अन्तर्राष्ट्रिय कानूनबाट अघि बढ्न सकिने बताउनु भयो ।

उहाँले यस विषयमा प्रधानमन्त्री जानु भन्दा पनि प्राविधिक समितिले एजेण्डाका विषयमा छलफल गर्ने वातावरण बनाइदिनुपर्ने बताउनु भयो । उहाँले मन्त्री स्वयंले यस विषयमा नेपालका लागि बेलायती राजदुतलाई बेलाएर छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले भुतपूर्व गोरखा सैनिकमाथि बेलाय सरकारले गरेको काम गम्भीर, अन्याय र विभेदकारी रहेको बताउनु भयो । उहाँले भारत र अमेरिका लगायतका देशहरुसँगको लविङ पनि आवश्यक रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो एउटा गम्भीर मुद्दा छ, अन्याय र विभेदकारी पनि छ । अन्तर्राष्ट्रिय कानून पनि यसमा आकर्षित हुन्छ । त्यो अन्तिम कदम हो । अहिले नै हामी त्यसमा गइहाल्ने भन्ने छैन । प्रधानमन्त्री स्तरमा पनि कुरा उठेको छ । तर पनि उनीहरुले हामी हेर्छौं, अध्ययन गर्दैछौँ भनेका छन् । बेलायती सेनाप्रम्ुख जनवरी अन्तिममा नेपाल आएका थिए । पेट्रिक स्ट्याण्डर्ससँगको कुरामा उनी सकारात्मक कुरा रहेको बताएका छन् । केही कानून परिवर्तन गर्न सकिन्छ भन्ने छ । यो विषय गम्भीर छ । यस भन्दा अघि पनि उठेका छन् । यसकै लागि प्रधानमन्त्री जाने भन्दा पनि र मन्त्रीजीकै लागि पनि प्राविधिक समितिले तयार पारेर जाने हो । सिधै मन्त्री गएर कुरा गर्ने भन्ने हुँदैन । हाम्रा एजेण्डामाथि छलफल हुने भएमात्रै जानुपर्छ । यसमा अन्तर्राष्ट्रिय सहयोग पनि चाहिन्छ । अरु देशहरुले हामीलाई सहयोग गर्नुपर्छ । भारत, अमेरिका लगायतका देशहरुसँग लविङ गर्नुपर्छ । ३ सय खर्ब भन्दा पनि ठूलो हाम्रो आत्मसम्मान हो । न्याय हामीले पाउने कुरा हो । सरकारले यसलाई गम्भीरतापूर्वक लिन्छ भन्ने लाग्छ ।’

उहाँले भुतपूर्व गोरखा सैनिकले न्याय पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताउनु भयो ।