२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शालीनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट



अ+ अ-

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले बताए ।

गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा १४ वर्षीया शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकोमा परिवारले अस्पतालको विश्वास नभएको भन्दै प्रहरीको रोहबरमा काठमाडौं शिक्षण अस्पताल ल्याईएको थियो ।

त्रिवि अस्पतालले आज प्रहरीलाई पठाएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भएको भनिएको छ । शालीनको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । साथै, उनको शरीरमा ठुलो चोटपटक पनि देखिएको छैन ।

घटना बारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।