२७ श्रावण २०८३, बुधबार
,
Latest
कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच जना भन्दा बढी घाइते



अ+ अ-

धनुषा । जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया राखीदेवी यादवको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँच जना भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जनकपुरधाम लगिएको छ ।

दुर्घटनापछि स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । ठक्कर दिने स्कुल बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस प्रहार गरेको छ । अहिले घटनास्थल आसपासको अवस्था तनाव्रस्त बनेको छ ।