५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनलाई कमल थापाको पत्र– मलाई भित्तामा पुर्‍याउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने काम नहोस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले उठाएका मागलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै त्यसले पार्टीलाई दुर्घटनामा लैजाने बताउनुभएको छ । 

उहाँले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै आइतबार पत्रमार्फत ध्यानकर्षण गराउनुभएको हो । पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको आरोप समेत उहाँले लगाउनुभएको छ । 

‘मैले मंसिर २७गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय समितिको बैठकमा पेश गर्न र त्यसवारे आवश्यक निराकरण गर्न पुनः आग्रह गर्दछु। फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने र पार्टीलाई दुर्घटना तर्फ धकेल्ने काम हुने छैन भन्ने अपेक्षा गरेको छु ।’ उहाँले भन्नुभएको छ ।