२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शालिन पोखरेलको मृत्युले बेचैन बनाएको छ, सत्य तथ्य बाहिर ल्याइयोस्: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शालिन पोखरेलको मृत्यु प्रकरणबारे गहिरो र विश्वसनीय अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् ।

शालिन पोखरेलको मृत्युले बेचैन बनाएको बताउदै अध्यक्ष ओलीले घटनाको अनुसन्धानमा सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ।’

चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय पोखरेल छात्रावासमा मृत फेला परेकी थिइन् ।