२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लभ इन जेरुसलम’ उपन्यासको लोकार्पण सम्पन्न



अ+ अ-

काठमाडौं । साहित्यिक पत्रकार संघले उपन्यासकार कल्पना खरेलको 'लभ इन जेरुसलम' उपन्यासको २०७७ फागुन ७ गते शुक्रबार प्रजातन्त्र दिवसको अवसर पारेर स्वच्छन्द पाटी प्यालेस, काठमाडौंमा लोकार्पण गर्यो । वरिष्ठ पत्रकार एवं साहित्यकार गोपालप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा आयोजित सो समारोह साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि थपलियाले लेखक खरेलको लेखनको चर्चा गर्दै उपन्यासको महत्वमाथि प्रकाश पार्नु भएको थियो । साथै उहाँले उपन्यासकार कल्पना खरेललाई दोसल्ला लगाएर सम्मान पनि गर्नु भएको थियो । 

कार्यक्रममा अध्यक्ष राधेश्याम लेकालीले विमोचित कृतिको चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसैगरी कार्यक्रममा विशेष अतिथिहरु गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकारहरु डा। बन्धु कोइराला र प्रमोद र प्रधानले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

सोही कार्यक्रममा संघका पूर्व कोषाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का वर्तमान केन्द्रीय उपाध्यक्ष साहित्यकार बाबा बस्नेत र साहित्यकार प्रदीपकुमार मैनालीले पुस्तकको परिचर्चा गर्नु भएको थियो ।

संघका सदस्य साहित्यकार दामोदर पुडासैनीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा साहित्यकार किरण आचार्य ९नेपालगन्ज० र संघका महासचिव पुष्पा खनालले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उपन्यास 'लभ इन जेरुसलम' इजरायलको परिवेशमा लेखिएको छ । कार्यक्रममा उपन्यासकार कल्पना खरेलले आफ्नो लेखकीय अनुभव र सो उपन्यासको चर्चा गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार एवं अनेसास द्यइत् सदस्य एवं अनेसास नेपाल कार्यसमिति सदस्य कमला रिसालले राष्ट्रिय गीत गाउनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, अनेसास नेपालका उपाध्यक्षहरु दिब्य गिरी र छविरमण सिलवाल, कार्यसमिति सदस्य मन्जिला अनिल र कमला रिसाल, साहित्यकारहरु सुशीला देउजा, शान्ति रिसाल, प्रकाश घायल, दुर्गा तिवारी, प्रदिप रिजाल, रुपा पौडेल आदिको उपस्थिति रहेको थियो ।




भर्खरै