
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले उठाएका मागलाई उपेक्षा गरेर भित्तामा पुर्याउन खोजिएको भन्दै त्यसले पार्टीलाई दुर्घटनामा लैजाने बताउनुभएको छ ।
उहाँले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै आइतबार पत्रमार्फत ध्यानकर्षण गराउनुभएको हो । पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको आरोप समेत उहाँले लगाउनुभएको छ ।
‘मैले मंसिर २७गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय समितिको बैठकमा पेश गर्न र त्यसवारे आवश्यक निराकरण गर्न पुनः आग्रह गर्दछु। फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने र पार्टीलाई दुर्घटना तर्फ धकेल्ने काम हुने छैन भन्ने अपेक्षा गरेको छु ।’ उहाँले भन्नुभएको छ ।