• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ ★   संविधान पुनरावलोकन गर्नुपर्छ: महामन्त्री थापा ★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा ★   ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली

विश्वकप छनोट: प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए



काठमाडौँ । फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गर्नुभएको हो । नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र दीप कार्की छन् । रक्षकमा अजय चौधरी, अनन्त तामाङ, सुमित श्रेष्ठ, योगेश गुरुङ एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द र सनिस श्रेष्ठ छन् ।

मिडफिल्डरमा एरिक विष्ट, मनिष डाङ्गी, रोहन कार्की, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई छन् भने स्ट्राइकरमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजङ्ग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, र सञ्जिव विष्ट छन् ।