• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

प्रधानमन्त्री लिएको निर्णय उपयुक्त निर्णय हो : मुख्यमन्त्री राई



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा ओली समूह मुलुक निर्माण गर्ने कित्ता भएको बताएका छन् । शनिबार बिराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल समूहले मुलुकलाई अराजकता र अस्थिरतातर्फ धकेलेको समेत आरोप लगाएका हुन्।

मुलुक स्थायित्व, विकास र समृद्धिको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र अस्थिरता र अराजकताको नेतृत्व दाहाल, नेपाल र खनालले गरेको बताउँदै कित्ता क्ल्यिर गर्न आग्रह गरे।

उनले आफ्नै पार्टीको सरकार ढालेर देशमा अस्थिरता उत्पन्न गराउन खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको बताए।

‘विकास र समृद्धिको यात्रामा भाँजो हाल्ने काम भयो, मूलुकलाई अराजकता, अस्थिरतातर्फ धकेल्ने प्रयास भयो, पार्टीको सरकार ढालेर ६, ९, १८ महिनामा सरकार फर्ने प्रयासको विपक्षमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गर्नुभएको छ, यो उपयुक्त निर्णय हो’, उनले भने।