• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई

उपप्रधानमन्त्री खड्काको स्पष्टिकरण: अदालतमा विचाराधिन मुद्दाका कारण दु्रतमार्गको काम अपेक्षाअनुसार अघि बढेन



काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अदालतमा विचाराधिन मुद्दाका कारण नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस दु्रतमार्ग निर्माण कार्यले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले शुन्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले जग्गा प्राप्ती, प्रस्थान बिन्दुको विवादलगायतका विषयमा अदालतमा कतिपय मुद्दा विचाराधिन अवस्थामा रहेकाले सो द्रुतमार्गको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको प्रष्टयाउनुभएको हो ।

उपप्रधानमन्त्री खड्काले थप गरिएको समय २०८३ साल चैत्र मसान्तभित्र सो दु्रतमार्गको काम सम्पन्न हुने आश्वासन समेत दिनुभयो । सो दु्रतमार्ग निर्माणको क्रममा देखिएका समस्या समाधानका लागि सरकारले विभिन्न समितिहरु बनाएको र त्यसले ती समस्याहरुलाई समाधान गर्दै आएकाले थप गरिएको समयमा निर्माण कार्यले पूर्णता पाउने तर्क उहाँले गर्नुभयो । उपप्रधानमन्त्री खड्काले हालसम्म सो दु्रतमार्गको काम ३० दशमलव ९६ प्रतिशत सम्पन्न भइसकेको पनि समितिलाई जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘जग्गा प्राप्ती, वातावरणीय प्रभाव मूल्यांकनलगायतका विषयमा लामो समय लाग्ने, प्रस्थान बिन्दुको विवादलगायतका विषयमा अदालतमा मुद्दा पर्ने र त्यस्ता मुद्दा विचाराधिन रहेको अवस्थामा खरिद व्यवस्थापनको कार्य अगाडि बढाउन नसकिने जस्ता कारणले अपेक्षित प्रगति भने हासिल हुन सकेको छैन । आयोजना कार्यान्वयनको क्रममा देखिएका समस्या समाधान गर्न समितिहरु गठन भई समस्या निदानका लागि कार्य भइरहेको कुरा म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु । यसैक्रममा कतिपय समस्याहरु समाधान भईसकेका छन भने केही समस्याहरु निराकरण हुने चरणमा रहेको जानकारी गराउन चाहन्छु । यी विविध समस्याले गर्दा सोचेअनुरुप लक्ष्य हासिल गर्न नसकिएको भएतापनि हालसम्म अधिकांश प्याकेजहरु खरिद प्रक्रिया र निर्माणको प्रक्रियामा प्रवेश गरिसकेको साथै प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरु सम्पादन गरी दु्रतमार्ग निर्माणको भौतिक प्रगति ३० दशमलव ९६ प्रतिशत हासिल भइसकेकोले २०८३ चैत्र मसान्त भित्रै निर्माण सम्पन्न हुने कुरामा म सम्माननीय अध्यक्षज्युमार्फत माननीय सदस्यहरुलार्य आश्वस्त पार्न चाहन्छु ।’

नेपाली सेनाले जिम्मा लिएको सो दु्रतमार्गको काम २०८१ मंसिरभित्र सम्पन्न गरिसक्ने सम्झौता गरिएको थियो । तर त्यस अवधिमा नसकिने भएपनि २०८३ साल चैत्र मसान्तसम्मको समय थप गरिएको छ । उपप्रधानमन्त्री खड्काले थप गरिएको पछिल्लो समय भित्र सो द्रुतमार्गको निर्माण कार्य सम्पन्न हुने आश्वासन दिनुभयो ।