५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

संसद पुनस्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री २ सय प्रतिशत विश्वस्त छन् : नेम्वाङ

संसद पुनस्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री २ सय प्रतिशत विश्वस्त छन् : नेम्वाङ
file
अ+ अ-

काठमाडौं । नेकपाका नेता सुवास नेम्वाङले प्रतिनिधि सभा पुनस्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली २ सय प्रतिशत विश्वस्त रहेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफूलाई साह्रै विश्वास रहेको समेत बताएका हुन् । 

‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूमाथि मलाई साह्रै विश्वस छ।’

नेम्वाङले  प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीलाई काम गर्न नदिदा भंग गरेको जिकिर गरे । ‘प्रधानमन्त्रीको प्रश्न छ, म दुई तिहाईको प्रधानमन्त्रीले काम गर्न नपाएपछि मैले के गर्ने ? यही ११ गतेदेखि १५ गतेसम्ममा सर्वोच्च अदालतको फैसला आउँछ विज्ञहरु भन्छन् ।’ आफू कानुनको विद्यार्थी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा नबोल्ने बताए । ‘म कानुनको विद्यार्थी हाम्रो संविधानले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा बहससमेत गर्न पाइँदैन भनेको छ,’ उनले भने ।

निर्वाचनका पक्षमा जनताले फैसला गरिसकेको दावि गर्दै उनले भने, ‘तपाईँहरुलाई जिज्ञासा होला, सम्मानित सर्वोच्च अदालतले फागुन ११ गतेदेखि १५ गते फैसला हुँदा के गर्ला ? तपाईँहरुले त वैशाख १७ गते र २७ गते निर्वाचन हुन्छ भनेर गर्नुपर्छ भनेर फैसला गरिसक्नुभयो । म त कानुनको विद्यार्थी, मचाहिँ भन्दिनँ, मचाहिँ बोल्दिनँ । तर सम्माननीय प्रधानमन्त्रीज्यूले भनिसक्नु भएको छ संसद् विघटन गर्ने मेरो अधिकार हो । मैले संविधानबमोजिम लोकतान्त्रिक अभ्यासबमोजिम, लोकतन्त्रमा जनताका बीचमा नगएर कहाँ जाने त त्यसो भए । मैले जनताका जाने जे निर्णय गरेँ त्यो निर्णय यताउति हुँदैन भन्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू १ सयमा २ सय प्रतिशत विश्वस्त हुनुहुन्छ ।’

पुन: आफ्ना कुरा नभन्ने दोहोऱ्याउँदै भने, ‘म आफ्नो कुरा भन्दिनँ, अदालतले फैसला गरेको भोलिपल्ट म त्यसबारेमा भन्छु । प्रधानमन्त्री १ सय मा २ सय प्रतिशत संसद् विघटनको निर्णय फिर्ता हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीप्रति मलाई धेरै विश्वास छ । हामीलाई प्रधानमन्त्रीप्रति धेरै विश्वास छ ।’