• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

संसद पुनस्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री २ सय प्रतिशत विश्वस्त छन् : नेम्वाङ



file

काठमाडौं । नेकपाका नेता सुवास नेम्वाङले प्रतिनिधि सभा पुनस्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली २ सय प्रतिशत विश्वस्त रहेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफूलाई साह्रै विश्वास रहेको समेत बताएका हुन् । 

‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्रीज्यूमाथि मलाई साह्रै विश्वस छ।’

नेम्वाङले  प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीलाई काम गर्न नदिदा भंग गरेको जिकिर गरे । ‘प्रधानमन्त्रीको प्रश्न छ, म दुई तिहाईको प्रधानमन्त्रीले काम गर्न नपाएपछि मैले के गर्ने ? यही ११ गतेदेखि १५ गतेसम्ममा सर्वोच्च अदालतको फैसला आउँछ विज्ञहरु भन्छन् ।’ आफू कानुनको विद्यार्थी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा नबोल्ने बताए । ‘म कानुनको विद्यार्थी हाम्रो संविधानले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा बहससमेत गर्न पाइँदैन भनेको छ,’ उनले भने ।

निर्वाचनका पक्षमा जनताले फैसला गरिसकेको दावि गर्दै उनले भने, ‘तपाईँहरुलाई जिज्ञासा होला, सम्मानित सर्वोच्च अदालतले फागुन ११ गतेदेखि १५ गते फैसला हुँदा के गर्ला ? तपाईँहरुले त वैशाख १७ गते र २७ गते निर्वाचन हुन्छ भनेर गर्नुपर्छ भनेर फैसला गरिसक्नुभयो । म त कानुनको विद्यार्थी, मचाहिँ भन्दिनँ, मचाहिँ बोल्दिनँ । तर सम्माननीय प्रधानमन्त्रीज्यूले भनिसक्नु भएको छ संसद् विघटन गर्ने मेरो अधिकार हो । मैले संविधानबमोजिम लोकतान्त्रिक अभ्यासबमोजिम, लोकतन्त्रमा जनताका बीचमा नगएर कहाँ जाने त त्यसो भए । मैले जनताका जाने जे निर्णय गरेँ त्यो निर्णय यताउति हुँदैन भन्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू १ सयमा २ सय प्रतिशत विश्वस्त हुनुहुन्छ ।’

पुन: आफ्ना कुरा नभन्ने दोहोऱ्याउँदै भने, ‘म आफ्नो कुरा भन्दिनँ, अदालतले फैसला गरेको भोलिपल्ट म त्यसबारेमा भन्छु । प्रधानमन्त्री १ सय मा २ सय प्रतिशत संसद् विघटनको निर्णय फिर्ता हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीप्रति मलाई धेरै विश्वास छ । हामीलाई प्रधानमन्त्रीप्रति धेरै विश्वास छ ।’