४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरु आफूतिर फर्किने भन्ने प्रचण्डको भनाइ गोयवल्स शैलीको षडयन्त्र : गृहमन्त्री थापा



अ+ अ-

विराटनगर । नेकपा ओली समुहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड-नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति गोयवल्स शैलीमा भ्रम फैलाएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएकाले गोयवल्स शैलीमा भ्रम फैलाएको बताएका हुन् ।

‘काठमाडौंमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड-नेपालको समूहतर्फ फर्किदै छन भन्ने भ्रम फाले । देशव्यापी रुपमा किन यस्तो गर्दैछन् ? आतंकको अभिव्यक्ति, भयको अभिव्यक्ति हो’ मन्त्री थापाले भने ।

मन्त्री थापाले गोयवल्स शैलीको षडयन्त्र पूरा नहुने दावी गरे ।