११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरु आफूतिर फर्किने भन्ने प्रचण्डको भनाइ गोयवल्स शैलीको षडयन्त्र : गृहमन्त्री थापा



अ+ अ-

विराटनगर । नेकपा ओली समुहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड-नेपाल समूहले केही मन्त्रीहरु आफूहरुसँग फर्किन लागेको भन्ने अभिव्यक्ति गोयवल्स शैलीमा भ्रम फैलाएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले उनीहरुको आतंकित र भयभित मानसिकताको उपज भएकाले गोयवल्स शैलीमा भ्रम फैलाएको बताएका हुन् ।

‘काठमाडौंमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड-नेपालको समूहतर्फ फर्किदै छन भन्ने भ्रम फाले । देशव्यापी रुपमा किन यस्तो गर्दैछन् ? आतंकको अभिव्यक्ति, भयको अभिव्यक्ति हो’ मन्त्री थापाले भने ।

मन्त्री थापाले गोयवल्स शैलीको षडयन्त्र पूरा नहुने दावी गरे ।