२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीहरुलाई रघुजी पन्तको प्रश्न: तपाईहरुको शरीरमा रगत बगेको छ कि पानी ?



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ ।

‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शिर्षकको लेख लेख्दै प्रधानमन्त्री दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा चित्रित गरिएको बताउनु भयो । उहाँले लेखमा दाहाल भारत चढ्नका लागि उपयुक्त पात्र भएको उल्लेख गरिएको र पूर्व प्रधामन्त्री शेरबहादुर देउवालाई पनि भविष्यमा चढ्नका लागि उपयुक्त घोडा भनिएको भन्दै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने बताउनु भयो । काँग्रेसले समेत सभापतिलाई त्यसो भनिदा चुइँक्क बोल्न नसकेको भन्दै काँग्रेस कुन कुनामा मुर्छा परेर बसेको छ ? भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘त्यो लेखको अन्त्यमा के भनिएको छ भने, भारत अहिले नेपालमा राइट ट्रयाकमा छ । अहिलेको गठबन्धन ठिक छ । त्यसले चीनसँग भएको सम्झौतहरु रोकेर राखेको छ । भारतको लागि राम्रो गरेको छ भन्दै भन्दै लास्टमा के भन्छ भन्दाखेरी प्रचण्ड त्यस्तो पात्र हुन् । जो भारतलाई अहिले चढ्नका लागि उपयुक्त छन् । र तबेलामा राखिएका शेरबहादुर देउवा अर्को घोडा हुन् । जो भविष्यमा चढ्नका लागि उपयुक्त छ । अर्थ त्यही हो । यस्तो लेखिदाँ पनि, तर नेपालमा भइरहेका प्रधानमन्त्रीलाई एउटा विदेशीले घोडा भनेर लेख्दा हाम्रो स्वाभिमान कहाँ गयो ? यो अपमानजनक लेख, टिप्पणीप्रति परराष्ट्र मन्त्रालयले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन ? परराष्ट्र मन्त्रालय त बोलेन बोलेन, नेपाली कांग्रेस पनि कुन कुनामा मुर्छा परेर बसेको छ चुइँक्क बोल्दैन । आफ्नो सभापतिलाई यति लेखिरहँदा पार्टीको तर्फबाट खण्डन गर्नुपर्दैन ? यसप्रति आपत्ति जनाउनु पर्दैन ? हिजो कुनै कालखण्डमा भारतसँग लड्न भनेर सुरुङ खन्ने माओवादी कमरेडहरु तपाईहरुको पार्टीको अध्यक्ष भइरहेका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर एउटा इन्डियनले लेख्दा चुइक्क बोल्न सक्नुहुन्न ? कुन सुरुङमा लुकेर बस्नुभएको छ ? तपाईहरुको स्वाभिमान कहाँ गयो ? तपाईहरुको शरिरमा नेपालीको तातो स्वाभिमानी रगत बगेको छ कि ? पानी बगेको छ ? दिनुस् जवाफ ।’

उहाँले माओवादी केन्द्रले विगतमा भारतसँग सुरुङ युद्ध लड्ने समेत घोषणा गरेको भन्दै आफ्नो अध्यक्ष तथा प्रधानमन्त्रीलाई यसो भनिरहँदा कुन सुरुङमा लुकेर बसेको भनेर प्रश्न समेत गर्नुभयो । उहाँले माओवादीहरुको स्वाभिमान कहाँ गयो भनेर पनि प्रश्न गर्नुभयो । सांसद पन्तले माओवादीहरुको शरिरमा तातो स्वाभिमानी रगत बगेको छ कि पानी बगेको छ भन्ने प्रश्न गर्नुभयो ।