१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.06

Humidity: 31

तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका सचिव पौडेलको टिप्पणी: यो व्यवस्थाको बिरोध गर्न पाईन्छ र ?



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको बिरोध गर्न नपाउने बताउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौं भनेर शपथ खाएर संसदमा आउनेहरुले त्यसको बिरोध गर्न पाईन्छ र ? भनि प्रश्न गर्नुभएको हो शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव पौडेलले राप्रपाका सांसदहरुप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको बिरोध गर्ने कुराले आफूहरुलाई गम्भिर बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो । यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा सपथ खाएको हुन्छौ । र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं । सम्माननीय सभामुख महोदय, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको बिरोध गरेको हामी यहाँ सुन्छौं । सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु–सपथ खाएर आईसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र ? यो कुराको गम्भिर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु ।’

सचिव पौडेलले हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको उल्लेख गर्दै यसलाई मान्छौं भनेर सपथ खाने तर बिरोध गर्ने काम गर्न नहुने बताउनु भयो ।