• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छः प्रधानमन्त्री ★   ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई ★   स्थानीय तह नै समुन्नत नेपालको जग हो: उपसभापति गुरुङ ★   संविधान पुनरावलोकन गर्नुपर्छ: महामन्त्री थापा ★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने

कुशलको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य



काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले नामिबियालाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो।

नेपालको लागि कुशल मल्लले अर्धशतकिय ईनिङ खेले । उनीे ३६ बलमा १ चौका र ४ छक्कासहित ५४ रन बनाएर नटआउट रहे । पाँचौ विकेटका लागि कुशल र आरिफ शेखले ८५ रनको साझेदारी गरे । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए ।

यस्तै, गुलशन झाले २६ र ओपनर अनिल शाहले २३ रन बनाए । दीपेन्द्रले १६, कप्तान रोहित पौडेलले १०, करण केसीले ७ रन बनाए ।

नामिबियाको लागि बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एकएक विकेट लिए ।

सुरुवातको दुई खेल हारेकोनेपाललाई फाइनल पुग्ने सम्भावना कायमै राख्न यो खेल जित्नैपर्ने दबाब छ ।