२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

पर्यटकको प्रतिक्षामा करबाकेली

पर्यटकको प्रतिक्षामा करबाकेली
अ अ+ अ-

बेनी (म्याग्दी) । अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन् ।

पुन समुदायको कूलदेवता ‘करबाकेली बाबा’को अनुसन्धान गरेर विसं २०६६ देखि निर्माण सुरु भएको करबाकेली थान, पदमार्ग, पुन सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणले यो क्षेत्र अहिले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । समुद्री सतहबाट दुई हजार तीन सय ३२ मिटर उचाइमा अवस्थित करबाकेली धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्ने उपयुक्त स्थल मानिन्छ ।

गुर्जा, धवलागिरि, मानापाथी, बराह शिखर, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमाल यहाँबाट लहरै अवलोकन गर्न सकिन्छ । वरिपरि गुराँसे जङ्गलले घेरिएको करबाकेली क्षेत्र यतिबेला सुन्दर देखिएको छ । थरिथरिका गुराँसका फूल फुल्न थालेपछि यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । असोजदेखि मङ्सिरसम्म धेरै पर्यटक आउने भए पनि फागुन–वैशाखको याम गुराँसे जङ्गल र हिमालसँग रमाउन पर्यटक आउने गरेको करबाकेली थान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताउनुभयो ।

यस क्षेत्रको पर्यटन विकासका लागि ‘करबाकेली इको टे«क’ सञ्चालनमा रहेको छ । विसं २०७५ वैशाखदेखि पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै बेनीबजारलाई जोड्नेगरी सञ्चालनमा ल्याइएको यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । थानमा पूजा गर्न आउने भक्तजनसँगै भ्रमणमा आउने पर्यटक पनि बढ्दो क्रममा छन् । पदमार्गलाई प्रचारप्रसार गरी पर्यटन आगमन बढाउने स्थानीयको जमर्को रहेको छ ।

यस क्षेत्रको भ्रमणमा आउने पर्यटकको सुविधाका लागि करबाकेली थान परिसरमै सामुदायिक पाहुनाघर निर्माण गरिएको छ । समितिका सचिव गर्वुजाले भाडामा होटल सञ्चालन गर्दै आउनुभएको यस घरमा अहिले दैनिक ४० जनासम्मलाई बसोबासको प्रबन्ध मिलाउने क्षमता रहेको छ । “नौवटा स्तरीय कोठा छन्, धेरै पर्यटक आएमा समेत राख्न सक्ने थप व्यवस्था गरेका छौँ, अहिले थानको पूजामा आउनेहरू धेरै भए पनि पर्यटक होटलमा बास बस्न आउन थालेका छन, यसको प्रचारप्रसार भएमा पर्यटकको सङ्ख्या बढ्ने आशा गरेका छौँ”, उहाँले भन्नुभयो ।

करबाकेली थान, पाहुनाघर, पदमार्ग, प्रवेशद्वारसँगै पुन समुदायको संस्कृति, परम्परा र रहनसहन झल्कने सङ्ग्राहलय निर्माण भएको छ । करबाकेली बाबाले बसोबास गरेको मान्यता रहेको यस क्षेत्रमा कुवा, नौकुने ढुङ्गा, महभिरलगायतका करबाकेलीका अवशेष रहेका छन् । करबाकेली बाबाको अध्ययन अनुसन्धान गरेपछि कूलदेवताको थान बनाउने लक्ष्यसहित पूर्वाधार निर्माण सुरु गरिएकामा अहिले यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित भएको करबाकेली थान संरक्षण समितिका संरक्षक चामबहादुर पुन बताउनुहुन्छ ।

“पूर्वाधार बन्दै जाँदा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सफल भयौँ, पर्यटन सम्भावनालाई उजागर गर्न इको ट्रेक पनि बनायौँ, अब यसको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने हाम्रो जमर्को छ”, पुनले भन्नुभयो । पर्यटकलाई कम्तीमा एक दिन काफलडाँडा र राम्चे क्षेत्रमा बसोबास गराउनेगरी पर्यटन पूर्वाधार निर्माणका लागि पहल थालिएको उहाँको भनाइ छ । करबाकेली थान, पाहुनाघर, सभाहल, पदमार्ग, कम्पाउण्ड घेराबार, सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणमा समुदायस्तरबाट अहिलेसम्म करिब रु तीन करोड सङ्कलन गरेर परिचालन गरेको थान संरक्षण समितिले जनाएको छ ।

यहाँका अधिकांश पूर्वाधार बनाउन स्वदेश तथा विदेशमा रहेका मनकारीहरूले स्वत:स्फुर्तरूपमा आर्थिक सहयोग गरेर जुटाएका हुन् । करबाकेली थान र नौकुने ढुङ्गाको संरक्षणका लागि शेर भुवानी पुन स्मृति प्रतिष्ठानबाट ज्योतिमान र यामकुमार पुनबाट रु नौ लाख ९९ हजार ९९ राशिको अक्षयकोषसमेत स्थापना गरिएको छ । स्थानीयवासीबाट करिब २० रोपनी बढी जग्गा नि:शुल्क प्राप्त गरेपछि निर्माण भएको करबाकेली थानमा करबाकेली बाबा, उनका दुई श्रीमती हिमला,ं फिमला र छोरा रामचन तथा कुलचनका मूर्ति राखिएका छन् । हरेक वर्षको जेठ र मङ्सिरको उजेली मङ्गलबार यहाँ ठूलो पुजा हुने गर्छ । अन्य समयमा समेत यहाँ नियमितरूपमा थानको दर्शनका लागि भक्तजन पुग्ने गर्छन् ।

करबाकेलीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन वडा, गाउँपालिका र प्रदेश सरकारले समेत सहकार्य गर्दै आएका छन् । सामुदायिक होटलमा किचन बनाउन रु पाँच लाख बजेट उपलब्ध गराइएको र सङ्ग्राहलय, पदमार्गलगायतका पूर्वाधार बनाउन सहकार्य भएको अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्वुजाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष करबाकेलीबाट मोहरेडाँडा जोड्ने पदमार्गमा प्रदेश सरकारमार्फत रु ३० लाख बजेट विनियोजन भएर आलडाँडा क्षेत्रसम्म पदमार्ग निर्माण भएको छ । यस वर्ष गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करबाकेली जाने पदमार्गअन्तर्गत थैसराबाट थपनासम्म पदमार्ग निर्माण भएको छ । यस वर्ष रु छ लाख पाँच हजार बजेटबाट पदमार्ग निर्माण हुने र यसलाई बाँसखर्क र बैँसरीतर्फ निरन्तर अगाडि बढाउने वडा कार्यालयको योजना रहेको छ । रासस