२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले देलान् त जवाफ ?



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ । त्यस्तै आजको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले विमस्टेक बडापत्र प्रस्तुत् गर्नेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची पनि छ । बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ’भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको ’राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसअघि बसेको बैठकमा सभामुख देवराज घिमिरेले विपक्षीले उठाएका प्रश्नको जवाफ १८ गतेको बैठकमा दिन निर्देशन दिएका थिए । तर संसद्को आजको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने कुनै कार्यक्रम छैन ।