• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

गठबन्धनमा समस्या छैन: अध्यक्ष नेपाल



चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भन्नुभयो– “गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।”

धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य समसया आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताउनुभयो । देखिएका समस्याको छलफलबाट उपाय निकालिने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)र आफ्नो पाटीको बैठक बसेको तथा बिचारहरु आएको उल्लेख गर्दै उहाँले बिचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको बताउनुभयो । गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो ।