६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । न्युरोड टिम (एनआरटी)जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३–० गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा सञ्जिव विष्टले दुई गोल गरे भने विवेक गुरुङले एक गोल थपे । खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा सञ्जिवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए । पहिलो गोल गरेको सात मिनेटपछि सन्ञ्विले पुन: दोस्रो गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो ।

यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा जावलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा दोस्रो स्थान हासिल गर्ने टोलीले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।