२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी

आफ्नी छोरीलाई दोस्रो निर्मला पन्त नबनाईदिन आमा सगुनको चित्कार

विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी
अ अ+ अ-

काठमाडौं । गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भटिएको उनले बताए । त्यहाँको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको उनको दाबी छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘लास झुण्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने दावी अस्वभाविक र अपत्यारिलो देखिन्थ्यो ।’ घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौंभन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाई हरि पोखरेललाई निर्घात कुटपिट गरेको मृत्तकका बाबु दिपेन्द्रले बताए ।

आफू काठमाडौंमा भएको बेला उक्त घट्ना घटेको जानकारी विद्यालयबाट आएको र ‘म नआईकन कुनैपनि प्रक्रिया अगाडि नबढाउनुस्, म दुई घण्टामा आईपुग्छु’ भनेर विद्यालय प्रशासनलाई जानकारी गराउँदा त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनशायले विभिन्न क्रियाकलाप भइसकेको उनको दाबी छ । आफू त्यहाँ पुग्नुभन्दा पहिलेनै ‘घटना भएको छात्रावास’को ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाई गरिएको उनको भनाइ छ । साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए । ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ ।

सो घट्नामा आफ्ना भाइ हरिलाई प्रहरीले निर्घात कुटपिट गरेको र बढी बोलेमा गोली हानी मारिदिन्छौं भनेर प्रहरीले नै धम्की दिएको उनले बताए । उक्त घटनामा आफूहले शंकाको घेरामा रहेका विद्यालयका प्रिन्सिपल बालहरि देवककोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको उनले बताए । मृत्तकका बाबु दिपेन्द्रले आफ्नी छोरीलाई यिनै तीन जनाले बलात्कार गरी हत्या गरेको दाबी गरे ।

साथै, विभिन्न दबावकाबीच उक्त घट्नामा चार दिनपछि प्रहरीले जाहेरी लिएको उनले बताए । मृत्तक शालिनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव बहानमा ल्याएको र पोस्टमार्टम भएपनि शव अहिलेसम्म नबुझेको उनले बताए । त्यहाँको प्रहरी प्रशासनले निश्पक्ष छानविन गरेर आफूलाई न्याय दिन्छ भन्ने कतिपनि विश्वास नरहेको बताउँदै उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मार्फत उक्त घटनाको छानविनको माग गरे । मृतक शालिनका साथीहरुलाई समेत अहिले सम्पर्कमा आउन दिएको उनको भनाइ छ ।

मृत्तक शालिनकी आमा सगुनले आफूहरुलाई घट्नाबारे ढिलो खबर गरेको बताईन् । भरतपुरदेखि प्रहरी पुग्दासमेत आफूहरुलाई र उक्त विद्यालयनजिकै बस्ने गरेकी मृत्तक शालिनकी हजुरआमालाई समेत जानकारी नगराइएको उनको भनाइ छ । उनले आफूहरुलाई शंका लागेका ब्यक्तिहरुको नाम उल्लेख गरेर किटानी जाहेरी दिन पाउनुपर्ने उनले बताईन् ।

आफूजस्ता आमाहरुले भोलिका दिनमा छोरीहरु यसैगरी गुमाउन नपरोस् भनेर आफू न्यायको लागि लागिपरेको बताईन् । आफ्नी छोरीलाई दोस्रो निर्मला पन्त नबनाइदिन उनले सबैलाई आग्रह गरिन् ।