१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

कुटानी मिलमा दक्ष कामदारको अभाव

कुटानी मिलमा दक्ष कामदारको अभाव
अ अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् । ती विद्युतीय मिलमा कामदार भने दक्षअर्थात् तालिमप्राप्त छैनन् । यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

कामदारले अनुभवका आधारमा काम गर्छन् । यसरी प्राविधिक ज्ञान नसिकेर काम गर्दा सुरक्षा जोखिम रहन्छ तर पनि यहाँका कामदारले तालिम पाउन सकेको देखिँदैन । विसं २०५३ सालदेखि टीकापुरको सत्तीमा प्रभा राइस मिल सञ्चालन गर्दै आउनुभएका वीरेन्द्र शाहले मिल व्यवसायीका समस्या धेरै रहेका बताउनुभयो । “मिस्त्री सबै तालिम प्राप्त छैनन्, काम गर्दागर्दै अनुभव बटुलेकालाई काममा लगाउनुपर्छ”, उहाँले भन्नुभयो, “यिनै मिस्त्री पाउन पनि समस्या रहेको छ । पछिल्ला केही वर्षयता गाउँगाउँमा मिलको सङ्ख्या धेरै भएकाले काम कम पाइने समस्या छ । काम कम पाइने, करिब छ वर्षदेखि दररेट वृद्धि नभएकाले मिल व्यवसायी घाटामा छौँ ।”

मिल बिग्रिएमा पाटपुर्जा महँगो पाइने, मर्मतमा समेत खर्चिलो रहेको मिल व्यवसायीको गुनासो छ । मिल व्यवसायी शाह पालिकाले दररेट तोकिदिनुपर्ने, कामदारलाई तालिम दिनुपर्ने माग गर्नुभयो । “मिस्त्रीका दक्षता र सुरक्षाका लागि तालिम आवश्यक छ । हामीले माग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले मिल सञ्चालन गर्न कठिन छ । जुन सञ्चालक आफैँले मिस्त्रीको काम गर्नुहुन्छ, उहाँको मिलमात्र अलि चलेको देखिन्छ, कामदार राखेर चलाउन निकै कठिन छ । आम्दानी खासै छैन ।”

मिल व्यवसायी समिति टीकापुरका अध्यक्ष सुरत रावल न्यौपाने मिलमा काम गर्ने सबै कामदार तालिमप्राप्त नभई अनुभवका आधारमा काम गरिरहेका कार्यरत रहेका र मिल व्यवसायीका समस्यामा कतैबाट सहयोग नमिलेको बताउनुहुन्छ । “हामी सङ्गठित भएका छौँ, सङ्गठित भएर पनि केही गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “पाँच जति ठूला मिल छन्, उनीहरुले यहाँ उत्पादित चामल, गहुँको पिठो कुटानी, पिसानी गरेर अन्यन्त्र निर्यात पनि गरिरहेका छन् । अन्य मिल गाउँका किसानलाई राहत दिनका लागि सञ्चालनमा छन् ।”

अध्यक्ष रावल मिल सञ्चालनका क्रममा दुर्घटना भएमा सञ्चालक आफैँले बेहोर्नु परिरहेको बताउनुहुन्छ । “यसअघि पनि मिलको पट्टामा बेरिने, चोटपटक लाग्नेजस्ता केही घटना भएका छन्”, उहाँले भन्नुभयो, “घटना भएमा मिल सञ्चालक आफैँले बेहोर्नुपर्ने समस्या छ ।” मिल व्यवसायीले सेलरमा धान कुटेको प्रतिक्विन्टल रु १५०, होलरमा प्रतिक्विन्टल रु १००, तोरी पेलानीको प्रतिकिलो रु १० र पिसानीको प्रतिकिलो रु पाँच शुल्क लिने गरेका छन् । रासस