१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’ सार्वजनिक

ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’ सार्वजनिक
अ अ+ अ-

काठमाडौं: राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन् । समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ ।

यस्तोमा त्यस्ता पात्रहरू वरपरका विवरण, लक्षण र प्रवृत्तिलाई केलाएर आख्यानका रूपमा प्रस्तुत गरिन्छ । यसै सन्दर्भमा पब्लिकेसन नेपा~लयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ ।

‘बहादुर शाह’ पुस्तकका लेखक लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्ले हुन् । गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेख्ने वाग्ले स्वयं पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन् ।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ । कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन् ।

पिता पृथ्वीको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तरता दिएका थिए । आफ्नो नायबी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिष्टा नदी र पश्चिममा कांगडासम्म फैलाउन सफल भएको देखिन्छ ।

तर, दरबारभित्रको षड्यन्त्रकै सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तार पनि थामियो । दरबारभित्र हत्या हिंसा र षड्यन्त्रको शृंखला पनि बाक्लियो । नेपालको सिमाना खुम्चिन पुग्यो र राज्य कमजोर बन्दै गयो ।

बहादुर शाहको जीवनीमा आधारित ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ को पाण्डुलिपि २०७६ सालमै तयार भए पनि पुनर्लेखन र सम्पादन प्रक्रियाले समय लियो । र, यसैबीच आएको कोरोना महामारीले पनि यो पुस्तकको प्रकाशन तालिका लम्बिन पुगेको लेखक चिरन्जीवी वाग्ले बताउँछन् ।

‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले स्पष्ट पार्छन्, ‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको छु ।’

‘मैले अघिल्लो पुस्तकमा पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई समेटिसकेपछि त्यसलाई अघि बढाएका बहादुर शाहको कथा नभनिँदा इतिहास अधुरै रहन पुगेको महसुस भयो,’ वाग्ले भन्छन्, ‘त्यसबाहेक यो देशलाई असाध्यै माया गर्ने तर किनारामा पारिएका एक महत्वपूर्ण पात्र बहादुर शाहप्रतिको मेरो लगावको कारण नै यो पुस्तक लेख्न पुगेँ ।’

वाग्लेका अनुसार उनले यस पुस्तकको पाण्डुलिपि तयार पार्नासाथ उति बेलै संस्कृतिविद् तथा इतिहास अध्येता सत्यमोहन जोशीलाई पढ्न दिएका थिए । जोशीको हस्तलिखित ‘दुई शब्द’लाई उनीप्रतिको सम्झनास्वरूप पुस्तकको प्राक्कथनमा समावेश गरिएको छ ।

‘बहादुर शाहले विशालकाय नेपालको निर्माणमा निर्वाह गरेको प्रमुख भूमिका सधैँ ओझेलमा परेको देखापर्दछ,’ जोशीले लेखेका छन्, ‘नेपालको राष्ट्रिय इतिहास र राजनीतिका विद्यार्थी र राष्ट्रप्रेमी पाठकहरूका लागि यो ग्रन्थ ज्यादै पठनीय र ज्ञातव्यको स्रोत साधन भएको छ ।’

लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् ।

‘बहादुर शाह’ले नेपा~लयको ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । यसअघि योगेश राज लिखित ‘रणहार’ उपन्यास नेपा~लयबाटै प्रकाशित छ, जुन भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल केन्द्रित आख्यान हो ।

‘ऐतिहासिक आख्यानहरुले ओझेलमा परेका इतिहासका महत्वपूर्ण पात्र र परिघटनालाई बुझ्न सहयोग पुर्याउँछन्, यसै मान्यताअनुरुप ऐतिहासिक पात्र बहादुर शाहमाथि लेखिएको ‘बहादुर शाह’ कृति प्रस्तुत गरेका छौं,’ पब्लिकेसन नेपा~लयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन् ।

तीन सय १६ पृष्ठको यो पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ छ ।यो उपन्यास मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

‘बहादुर शाह’ लाई नेपा~लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।