२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ल्युब आयल लिमिटेडद्वारा गल्फ लुब्रिकेन्ट बिक्री गरेवापत सुजुकी स्विफ्ट गाडी हस्तान्तरण



अ+ अ-

काठमाडौं । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेवापत क्लब स्किम अन्तर्गत सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई गाडी हस्तान्तरण गरेको छ ।

बुढाथोकीले विगत ४ वर्ष देखि नेपाल ल्युब आयलको काठमाडौं क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालि अन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्री–वितरण गर्दै आएका छन् । 
शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाल ल्युब आयल लिमिटेडका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरे । सो अवसरमा नेपाल ल्युब आयलका डिलर इनचार्ज जयप्रकाश पञ्जियार र मार्केटिङ अफिसर समिप तिमिल्सिनाको समेत उपस्थिति थियो ।

गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्ने र अर्को आर्थिक वर्षमा समेत धेरै बिक्री गर्न प्रतिवद्धता ब्यक्त गर्ने बिक्रेताहरुलाई नेपाल ल्युब आयल लिमिटेडले क्लब स्किम अन्तर्गत सुजुकी गाडी हस्तान्तरण गर्ने गरेको छ ।

एभ ट्रेडिङले विगत ८ वर्ष देखि नै काठमाडौं क्षेत्रमा नेपाल ल्युब आयल लिमिटेड अन्तर्गत गल्फ लुब्रिकेन्टको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले ३४ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो ।




भर्खरै