४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ : मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची



अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश हुने भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची जारी गरेको हो । 

प्रदेश १ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाएता पनि निर्धारित समयमा बस्न सकेन । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।

आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । तर मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख भण्डारीलाई आग्रह गरेका छन् ।

यसअघि माघ २४ गते बसेको बैठकमा पनि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्ने कार्यसूची थियो । सत्तारुढ नेकपाको ओली समूहले नै अवरुद्ध गरेपछि सभामुख भण्डारीले दुई हप्तालाई बैठक स्थगित गरिदिएका थिए ।

दुई हप्तापछि आइतबारका लागि तोकिएको बैठक पनि चल्ने वा स्थगित हुने टुंगो छैन । सत्तारुढ नेकपा ओली समूहका सांसदहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठकमा छन् ।