३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.61

Wind: 5.14

Humidity: 29

Latest
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँः मन्त्री गुरुङ जब पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो… (भिडियोसहित) पीडितको वचत फिर्ता गराउन सहकारी बैंक र सहकारी संस्थाका पदाधिकारीको सम्पती रोक्का गरौँः सांसद सुवाल अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती पक्राउ परे प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो: प्रमुख सचेतक शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितहरुको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्छ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने बताउनुभएको छ । उहाँले टाठाबाठा लगानी गर्नेहरुले पीडितलाई कपाली तमसुक बनाएर ऋण दिएको बताउनु भयो । त्यस्तै बैंकिङ कागजात समेत बनाएर ऋण दिएको देखिएको भन्दै अदालत जाँदा पीडकहरुकै पक्षमा फैसला हुनसक्ने अवस्था रहेको बताउनु भयो । यस्तो यो समस्याको समाधान गर्न सरकार र अदालत मिल्नुपर्ने अवस्था रहेकाले अदालतसँग समन्वय भइरहेको बताउनु भयो । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित तथा सहकारी पीडितहरुसँग वार्ता भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘ऐन बनाएर समस्या समाधानको कोसिस गर्दा पनि केही समस्या अझै बाँकी छ । बाँकी रहेको समस्या सरकारको कारणतिर भन्दा अदालती प्रक्रियातिरबाट समाधान गर्नुपर्ने प्रकृतिको छ । किनभने मिटरब्याजको समस्या जटिल र गहिरो सामाजिक, सांस्कृतिक पनि समस्या छ । आर्थिक मात्रै होइन रहेछ यो । धेरै वर्षदेखि चलेर आएको । टाठाबाठा, लगानी गर्नेहरुले कपाली तमसुक पनि बनाएका छन् । बैंकको पनि बनाएका छन् । अरु चाहिने सबै सामान छ । अदालतमा गएर उनीहरुले दिँदाखेरी ति मिटरब्याज पीडकहरुको पक्षमा हुन पुग्छ, ति कागजपत्र जति । सोझासिधा गरिबहरु, जसले त्यो पैसा लिन्छन् पहिल्यै राजीनामा गरेर दिएका हुन्छन् जग्गा । तिनीहरुसँग केही पनि हुँदैन । त्यसकारण हामीले अहिले सरकारले गम्भिर रुपले अदालतसँग पनि यो विषयको गहिराईलाई यसको प्रकृति अनुसार यो भिन्न प्रकृतिको छ । यो सरकार, अदालत सबै मिलेर मात्रै यो समाधान गर्न सकिनेछ भनेर अहिले समन्वय गर्ने कोसिस सरकारले गरिराखेको छ । तत्कालको हिसाबमा मिटरब्याज पीडितहरुसँग वार्ता चलिराखेको छ । लघुवित्त पीडित, सहकारी पीडितहरुसँग पनि वार्ता गरेर समाधान गर्ने कोसिस भइरहेको छ ।’

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउनु भयो ।