१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

अमेरिकासँग सम्मानजनक सम्बन्ध चाहेको रुसको भनाइ

अमेरिकासँग सम्मानजनक सम्बन्ध चाहेको रुसको भनाइ
अ अ+ अ-

मस्को । बेलायतले मस्को विरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारी गरेका बेला रुसले आइतबार अमेरिकासँग ‘पारस्परिकरुपमा सम्मानजनक’ सम्बन्ध चाहेको बताएको छ । साथै उसले युक्रेनका लागि खतरा उत्पन्न गरेको भन्ने कुरालाई अस्वीकार गरेको छ । 

पश्चिमा सरकारहरूले रुसले पूर्व सोभियत युक्रेनसँगको सीमामा दशौँ हजार सेना परिचालन गरेको आरोप लगाएपछि मस्को र वासिङ्टनबीच तनाव बढेको छ।

सैन्य निर्माणले रुसले एउटा आक्रमणको योजना बनाइरहेको छ भन्ने आशङ्कालाई बढाएको छ । यो क्षेत्रमा नेटो र उसका सदस्यहरुलाई डराइरहेको छ र पश्चिमी गठबन्धनलाई त्यहाँ आफ्नो तैनाथीलाई सुदृढ बनाउनका लागि प्रेरित गरिरहेको छ ।


 
“संसारका सबै मुलुकजस्तै हामी संयुक्त राज्य अमेरिकासँग राम्रो, समान, पारस्परिक सम्मानजनक सम्बन्ध चाहन्छौँ”, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आइतबार रुसी टेलिभिजनलाई भन्नुभयो।

यद्यपि उहाँले रुस त्यस्तो स्थितिमा रहन चाहँदैन “जहाँ हाम्रो सुरक्षालाई प्रतिदिन उल्लङ्घ गरिन्छ” भन्नुभयो । 

आफ्नो पूर्वी सिमाना नजिक नेटोको अतिक्रमणलाई उद्धृत गर्दै रुसले वासिङ्टन र अमेरिकी नेतृत्वको सैन्य गठबन्धनसामु सुरक्षाको माग राखेको छ।

यसमा नेटोले विशेषगरी युक्रेनलाई नयाँ सदस्य राष्ट्र बनाउने छैन र अमेरिकाले पूर्व सोभियत देशहरूमा नयाँ सैन्य अड्डाहरू स्थापना गर्ने छैन भन्ने मस्कोले ग्यारेन्टी चाहेको छ ।

रुसले शीतयुद्धपछि गठबन्धनमा सामेल भएका पूर्वी युरोपेली र पूर्व सोभियत राष्ट्रहरूमा तैनाथ नेटो सेनाहरू फिर्ता लैजान पनि माग गरेको छ।

लाभरोभले नेटोको रक्षा पङ्क्ति ‘पूर्वतर्फ बढिरहेको छ’ र युक्रेनको ‘अत्यन्त नजिक’ आएको बताउनुभयो । उहाँका अनुसार युक्रेन संयुक्त नेटोका लागि ‘तयार छैन ।’

पश्चिमी नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्पर्क गरेर सङ्कट रोक्न कोसिस गरेका छन् । उनीहरुले मस्कोले आक्रमण सुरु गरेमा अभूतपूर्व प्रतिबन्ध लगाउने वाचा पनि गरेका छन्।

‘हामी युद्ध चाहँदैनौँ’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमलाई रुसी सेनाको सङ्ख्या वृद्धिका कारण ‘नआत्तिन’ आग्रह गर्नुभएको छ । उहाँका विदेशमन्त्री दिमिट्रो कुलेबाले मस्कोसँगको वार्तामा ‘दृढ’ रहनु महत्त्वपूर्ण थियो भन्नुभएको छ । 

बेलायतले क्रेमलिन नजिकका कम्पनीहरूलाई लक्षित गरी मस्कोविरुद्ध प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएको छ।

“पुटिनका कुलीन वर्गका लागि लुक्ने ठाउँ हुनेछैन”, बेलायतका विदेशमन्त्री लिज ट्रसले आइतबार भन्नुभयो।

पुटिनले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग फोन वार्ता गर्नुभयो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अर्को हप्ता रूसी नेतासँग कुरा गर्ने अपेक्षा गरिएको छ।

रुसले आक्रमणको योजना बारम्बार अस्वीकार गर्दै आएको छ र युद्ध सुरु गर्न नचाहेको बताएको छ।

“हामी युद्ध चाहँदैनौँ। हामीलाई यसको कुनै आवश्यकता छैन”, रूसको शक्तिशाली सुरक्षा परिषद्का प्रमुख निकोलाई पात्रुसेभले आइतबार पत्रकारहरूसँग भन्नुभयो।

उहाँले रुस युक्रेनका लागि कुनै खतरा नभएको बताउनुभयो। “अधिकारीहरूलगायत युक्रेनीहरूले पनि कुनै खतरा नभएको बताउँछन्”, उहाँले भन्नुभयो । 

विगतका साताहरुमा कूटनीतिक प्रयासहरूपछि, वासिङ्टन र नेटोले मस्कोलाई आफ्नो सुरक्षा मागहरूको लिखित जवाफ प्रस्तुत गरेका छन्।

रुसले सार्वजनिक नगरिएको जवाफले उसको मुख्य चिन्तालाई नमेटाउने तर भविष्यमा हुने वार्तालाई अस्वीकार नगर्ने बताएको छ । 

युक्रेनी सीमामा रूसको पछिल्लो सैन्य वृद्धिले अमेरिकाको नेतृत्वमा केही पश्चिमी सहयोगीहरूले कीभमा हतियारको डेलिभरीलाई बढाएका छन् । जुन हतियार रुसी आक्रमणलाई रोक्न प्रयोग गर्न सकिन्छ। एएफपी