२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मगर दिवसमा परम्पराको झल्को

मगर दिवसमा परम्पराको झल्को
अ अ+ अ-

गण्डकी । कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो/जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका ।

मङ्गलबार पोखरा सभागृह परिसरमा यी र यस्तै दृश्यले आगन्तुकलाई तानिरहेको थियो । सन्दर्भ थियो ४२औँ मगर दिवसको । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति कास्कीको अगुवाइमा मगरहरूले उल्लासपूर्वक दिवस मनाएका हुन् ।

गण्डक क्षेत्र आफैँमा मगर बाहुल्य भूमि हो । मगरहरू आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । मगरहरू सङ्गठित भएको यस दिनलाई मगर समुदायले ‘मगर दिवस’का रूपमा मनाउँदै आएको छ ।

यहाँका मगरले यसपालि पनि आफ्नो एकता दिवसलाई धुमधामका साथ मनाए । मगरहरूका लागि घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसर पनि हो, यो दिवस । नेपाल मगर सङ्घ स्थापना भएको दिनलाई मगर दिवसका रूपमा मनाउने थिति बसेको समन्वय समितिका उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगरले बताउनुभयो ।

पोखरा सभागृहमा मूल समारोह आयोजना हुनुपूर्व पोखराको मुख्य सहरी क्षेत्रमा सांस्कृतिक झाँकी र पदयात्रा प्रदर्शन गरिएको उहाँले बताउनुभयो । कास्कीभित्र रहेको सङ्घका तीन दर्जनबढी एकाइ समितिले पदयात्रामा सहभागिता जनाएका थिए ।

सो अवसरमा जातीय वेशभूषासहित मगर समुदायको संस्कृति, रीतिरिवाज झल्काउने सांस्कृतिक झाँकी, गीत र नाच प्रस्तुत गरिएको थियो । झाँकीमा किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्वक भाग लिएका थिए । समारोहमा सोरठी, कौरालगायत परम्परागत नाच देखाइएको थियो ।

सहभागीले दिवसका नारा उल्लेख गरिएका ‘प्लेकार्ड’ पनि बोकेका थिए । पदयात्रापछि उनीहरूले पोखरा सभागृहमा शुभकामना आदानप्रदान, खानपान र नाचगानसहित खुसीयाली साटेका थिए । उपाध्यक्ष पुर्जामगरले दिवसले देशविदेशमा रहेका मगर समुदायबीच एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो ।

“यो दिवसले मगर समुदायको हकहितको रक्षा र अधिकार प्राप्तिका लागि थप सङ्गठति हुन प्रेरित गर्दछ”, उहाँले भन्नुभयो, “राज्यको शासन प्रणालीमा मगरहरूको पहिचान स्थापित हुनुपर्छ भन्ने हाम्रो माग रहिआएको छ ।”

दिवसमा सहभागी तिलक पुनले आफ्नो समुदायको हकहितका पक्षमा आवाज उठाउनुका साथै मौलिक संस्कृतिको जगेर्नामा पनि दिवसले मद्दत पुर्याएको बताउनुभयो । उहाँले सुरुमा स्थापना दिवसका मनाउन सुरु गरिएको दिवसले अहिले सांस्कृतिक पर्वको जस्तै स्वरुप लिन थालेको उहाँको भनाइ छ ।

समाजमा रहेका विभिन्न धर्म सम्प्रदाय, जातजाति र भाषाभाषीबीचको एकता र भातृत्वलाई सुदृढ गर्नुपर्नेमा दिवसमा सहभागीले जोड दिएका थिए । समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले इतिहास, कला, संस्कृतिको जगेर्ना गर्न नसके कुनै पनि समाज अगाडि बढ्न नसक्ने बताउनुभयो । “ठूल्ठूला पूर्वाधार बनाउनु, बाटाघाटा निर्माण गर्नुमात्र विकास होइन, समुदायको संस्कृति र परम्परालाई पनि संरक्षण गर्नु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो, “मगर भाषा र संस्कृतिको संरक्षणका लागि महानगर आवश्यक सहयोग गर्न तयार छ, प्रस्ताव लिएर आउनुहोला ।”

पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको भन्दै उहाँले पर्यटकीय आकर्षणका लागि कला र संस्कृतिको जगेर्ना अपरिहार्य रहेको बताउनुभयो । विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीका हेमबहादुर पुनमगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घको पहिलो राष्ट्रिय महाधिवेशन भएको थियो । महाधिवेशन भएको दिनलाई नेपाल मगर सङ्घले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।

सोही स्थापना दिवसलाई पछि मगर एकता दिवसका रूपमा मनाउन थालिएको सङ्घले जनाएको छ । कास्की, बागलङ, म्याग्दी, तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगितालगायत आयोजना गरी दिवस मनाइएको छ । दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका थिए । रासस