५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र गम्भीर समीक्षामा, गठबन्धनको विकल्पसम्मको बहस !



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रमा गठबन्धनको विकल्पसम्मका विषयमा छलफल हुन थालेको छ । नेपाली कांग्रेसले महासमिति बैठकमार्फत आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय लिएपछि झस्किएको माओवादी केन्द्र अब अहिलेदेखि नै विकल्प खोज्नुपर्ने बहसमा छ । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा गठबन्धनको विकल्पबारे पनि छलफल सुरु भएको हो ।

माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकले गठबन्धनको विकल्प नै खोज्ने निर्णय त गर्ने छैन तर छलफलचाहिँ चर्को हुने देखिएको छ । हिजोको बैठकमा पनि अधिकांश सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष कुनै पनि हालतमा छाड्न नहुने तर्क गरेका छन् ।

माओवादी केन्द्रका वक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभाको अध्यक्ष छाड्न हुन्न भन्नेमा पार्टीभित्र एकमत रहेको बताए । उनले कांग्रेसको महासमितिमा भएको छलफल र पारित भएको प्रस्तावका विषयमा पनि सामान्य छलफल भएको जानकारी दिएका छन् । उनको यो भनाइले अब माओवादी केन्द्र गठबन्धनभित्र अलि कडा रुपमा आउँछ भन्ने आँकलन गर्न सकिन्छ ।

कांग्रेसको महासमिति बैठकमा उठेका मुख्य तीन वटा विशेषबाट माओवादी केन्द्र झस्किएको हो । महामन्त्री गगन थापाले पेस गरेको प्रतिवेदनमा आगामी चुनावअघि गठबन्धन नगर्ने उल्लेख थियो ।

यसैगरी एक हजार एक सय ३१ जना महासमिति सदस्यले कांग्रेस हिन्दू राष्ट्रको पक्षमा उभिनुपर्ने लिखित सुझाव नै दिएका थिए । कांग्रेस उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रतिवेदनमा माओवादी युद्धका कारण देश पछि परेको निष्कर्ष निकालिएको थियो । यस्तो विषय कांग्रेसमा बलियो हुन थालेपछि माओवादी केन्द्र सशंकित देखिएको हो ।