२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र गम्भीर समीक्षामा, गठबन्धनको विकल्पसम्मको बहस !



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रमा गठबन्धनको विकल्पसम्मका विषयमा छलफल हुन थालेको छ । नेपाली कांग्रेसले महासमिति बैठकमार्फत आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय लिएपछि झस्किएको माओवादी केन्द्र अब अहिलेदेखि नै विकल्प खोज्नुपर्ने बहसमा छ । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा गठबन्धनको विकल्पबारे पनि छलफल सुरु भएको हो ।

माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकले गठबन्धनको विकल्प नै खोज्ने निर्णय त गर्ने छैन तर छलफलचाहिँ चर्को हुने देखिएको छ । हिजोको बैठकमा पनि अधिकांश सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष कुनै पनि हालतमा छाड्न नहुने तर्क गरेका छन् ।

माओवादी केन्द्रका वक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभाको अध्यक्ष छाड्न हुन्न भन्नेमा पार्टीभित्र एकमत रहेको बताए । उनले कांग्रेसको महासमितिमा भएको छलफल र पारित भएको प्रस्तावका विषयमा पनि सामान्य छलफल भएको जानकारी दिएका छन् । उनको यो भनाइले अब माओवादी केन्द्र गठबन्धनभित्र अलि कडा रुपमा आउँछ भन्ने आँकलन गर्न सकिन्छ ।

कांग्रेसको महासमिति बैठकमा उठेका मुख्य तीन वटा विशेषबाट माओवादी केन्द्र झस्किएको हो । महामन्त्री गगन थापाले पेस गरेको प्रतिवेदनमा आगामी चुनावअघि गठबन्धन नगर्ने उल्लेख थियो ।

यसैगरी एक हजार एक सय ३१ जना महासमिति सदस्यले कांग्रेस हिन्दू राष्ट्रको पक्षमा उभिनुपर्ने लिखित सुझाव नै दिएका थिए । कांग्रेस उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रतिवेदनमा माओवादी युद्धका कारण देश पछि परेको निष्कर्ष निकालिएको थियो । यस्तो विषय कांग्रेसमा बलियो हुन थालेपछि माओवादी केन्द्र सशंकित देखिएको हो ।