९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्चुरी बैंक कर्जा प्रवाह अनियमितता प्रकरण: को को पक्राउ परे ?



अ+ अ-

काठमाडौं । सेन्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका दुई जना तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूसहित १० जनालाई पक्राउ गरेको छ ।

सिआइबीले सेन्चुरीका तत्कालीन सिइओहरू मनोज न्यौपाने र तुलसीराम गौतमसहित सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, सविन घिमिरे, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ लाई मंगलबार बिहान पक्राउ गरेका छ ।

नेपाल राष्ट्र बैंकले आग्रह गरेपछि सिआइबीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। न्यौपाने र गौतम हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्।

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईले तत्कालीन सेन्चुरी बैंकबाट गरेको कारोबारका बिषयमा ब्युरोले अनुसन्धान गरिरहेको थियो ।सोही अनुसन्धानका क्रममा उनिहरु जोडिएका हुन् । सेञ्चुरीको कर्जा हिनामिना सम्बन्धमा सीआईबी र राष्ट्र बैंकले अध्ययन गरिरहेका छन् ।