१० श्रावण २०८३, आईतवार
,
Latest
झिलीमिली बन्दै जनकपुरधाम लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तराज आचार्यको निधनपछि कलाकारः ‘संगीत विश्वविद्यालयको देहावसान भयो’



अ+ अ-

काठमाडौँ । वरिष्ठ गायक एवं संगीतकार स्व. भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । सोमवार निधन हुनुभएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता तथा कलाकारहहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएकी कलाकार नीर शाहले स्व. आचार्यलाई नेपाली आधुनिक र भक्ति संगीतमा मक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताउनु भयो । उहाँले संगीतकारमा हुनुपर्ने सबै गुणहरु भएको व्यक्तिका रुपमा चित्रण गर्नुभयो ।

उहाँले संगीतको विकासका लागि सचेत मानिसको श्रेणी भन्दा माथि उठेर संघर्ष गर्ने व्यक्ति स्व. आचार्य रहेको बताउनु भयो । कलाकार जितु नेपालले आचार्यको भौतिक शरीरले नेपालीलाई छोडेपनि उहाँका सिर्जना सधैँ नेपालीमाझ अमर भइरहने बताउनु भयो । संगीत विश्वविद्यालयको देहावसान भएको बताउनु भयो ।

आचार्यको सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिनुभएको हो । नेपाली सुगम सङ्गीतमा उहाँको विशिष्ट स्थान छ ।