११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला

मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताउनु भयो । उहाँले संविधान सभाको कुरा नेपाली काँग्रेसले २००७ साल मै उठाएको दाबी गर्नुभयो । उहाँले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गर्नुभयो । निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताउनु भयो ।

उहाँले भन्न्नुभयो, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली काँग्रेस पार्टीले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन । यो त दाबाका साथ हामी भन्छौं ।

संविधान सभाको कुरा २००७ सालमै नेपाली काँग्रेसले उठाएको कुरा हो । पहिलोपटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली काँग्रेसकै पहलमा भएको हो । तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भंग भयो । फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर संघर्ष ग¥यौं ।’

पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उहाँले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।