२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तीन विकेट गुमायो, ४२ रन बनाएर आउट भए कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तीन विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटमा कप्तान पौडेललाई गुमाएको हो ।

उनी सातौ ओभरको तेस्रो बलमा छक्का हान्ने धुनमा क्याच आउट भए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ४२ रन बनाए ।

नेपालले यसअघि ओपनरद्वयलाई सस्तैमा गुमाएको थियो । कुशल भुर्तेल पहिलो बलमै एल्बिडब्ल्यू आउट भएका थिए भने आसिफ शेख ६ रन बनाउदा पेभेलियन फर्केका थिए ।

२०७ रनको विशाल लक्ष्य पाएको नेपालले ताजा स्थितीमा ८ ओभरमा तीन विकेट गुमाएर ८३ रन बनाएको छ ।