१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

अस्ट्रेलियन ओपनको ताज नाडालले जिते, २१ औं ग्रान्डस्लाम जितेर इतिहास

अस्ट्रेलियन ओपनको ताज नाडालले जिते, २१ औं ग्रान्डस्लाम जितेर इतिहास
अ अ+ अ-

मेलबर्नः यस वर्षको अस्ट्रेलियन ओपनमा पुरुष एकल तर्फको उपाधि पूर्व विश्व नं. १ राफायल नाडालले जितेका छन् । यो उनको दोस्रो अस्ट्रेलियन ओपन उपाधि हो । यो सहित नाडालले २१ वटा ग्रान्डस्लाम जितेर इतिहास रचेका छन् ।

यसअघि नाडालले सन् २००९ मा अन्तिम पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

मलबर्न पार्कमा झण्डै पाँच घण्टा २४ मिनेट चलेको निकै संघर्षपूर्ण फाइनलमा दुई सेटले पछि परेर पनि नाडालले विश्व नं. २ डानील मेडेभेडेभलाई ३–२ सेटले पराजित गरेका थिए ।
मेडभेडेभले पहिलो दुई सेट ६–२ र ७–६ ले जितेर अग्रता बनाएका थिए । तर त्यसपछिका तीन सेट नाडालले लगातार जितेर इतिहास रचे । नाडालले पछिल्ला तीन सेट ६–४, ६–४ र ७–५ ले जितेका थिए ।

खेलको अन्त्यसम्म पनि कसले उपाधि जित्छ भन्ने टुंगो थिएन । निकै उतारचढाब बीच भएको फाइनलमा तेस्रो सेटमा मेडभेडेभले केही गल्ती गरेका कारण सेट गुमाउनु परेको थियो । त्यसपछि नाडाल उत्कृष्ट फर्ममा प्रकट हुँदै निरन्तर दबाब कायम राखेका थिए ।

रड लेभर एरेनामा भएको फाइनल खेल हेर्न उपस्थित ठूलो संख्याका दर्शकहरुमध्ये अधिकांश नाडालका समर्थक थिए । उनीहरुले लगातार नाडालको पक्षमा हुटिङ गरेका थिए । ३५ वर्षीय नाडालको फूर्ति र स्टामिना हेर्दा लाग्थ्यो उनी २३–२४ वर्षका मात्र थिए । नाडालले कोर्टको दायाँ बायाँ, अगाडि पछाडि निरन्तर दगुरेर आफू पूर्ण रुपमा फिट रहेको देखाएका थिए ।

खेलमा मेडभेडेभले पनि कडा टक्कर दिएका थिए । खेलको मध्यभागमा दर्शकको हुटिङका कारण क्रोधित मुद्रामा देखिएका उनले आफैंले आफूलाई सम्हाल्न नसक्दा केही सुन्दर ब्रेकका अवसर गुमाएका थिए ।

यसअघि सेमिफाइनलमा नाडालले म्याटिओ बेरिटिनीलाई तथा डानील मेडभेडेभले स्टिफानो चिचिपासलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।

गत वर्ष सन् २०२१ को अस्ट्रेलियन ओपनमा पनि मेडभेडेभ नोभाक जोकोभिचसँग पराजित भएपछि उपविजेतामै चित्त बुझाउनु परेको थियो । सन् २०१९ मा युएस ओपनमा राफायल नाडालसँग पनि उनी पराजित भएका थिए ।

नाडालले भने सन् २००९ मा पहिलो टिक अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । यद्यपी उनी अरु चार पटक २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलमा प्रवेश गरेका थिए ।

यस वर्षको महिला एकल तर्फको उपाधि भने अस्ट्रेलियाली खेलाडी एस बार्टीले जितिन् ।