२७ श्रावण २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर समझदारीपत्रमा हस्ताक्षर जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जान निकोलको शतकमा नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा जान निकोलको शतकमा नामिबियाले नेपाललाई २०७ रनको विशाल लक्ष्य दिएको छ ।

किर्तीपूरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारीत २० ओभरमा ४ विकेट गुमाएर १०६ रन बनायो ।

नामिबियाका ब्याट्म्यान जान निकोल लफ्टी इटोनले शानदार शतक बनाए । उनी ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गर्दै १०० रन बनाएर आउट भए । यससँगै उनी टी-२० आईमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन् । उनले केवल ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन्।

१० ओभरमा केवल ६० रन जोडेको नामिबियाको लागि लफ्टी इटोन र मलान क्रुगरले चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी गरे । क्रुगर ५९ रनमा अविजित रहे।

नेपालको लागि कप्तान रोहित पौडेलले ४ ओभरमा ३० रन खर्चेर दुई विकेट लिए । करन केसीले ३ ओभरमा ३२ रन खर्चेर एक विकेट लिए । सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, अविनाश बोहराले चार ओभरमा ४९ र गुल्सन झाले एक ओभरमा १८ रन खर्चिए।