५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोइनको ह्याट्रिकमा वेस्टहाम विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा वेस्टहामले ब्रेन्टफोर्डमाथि ४–२ गोलको जित निकालेको हो ।

घरेलु मैदानमा वेस्टहामलाई जित दिलाउन जारोर्ड बोइनले ह्याट्रिक गरे । यस्तै, इमर्सन पालमीरीले एक गोल थपे ।

खेलको पाँचौं र सातौं मिनेटमा बोइनले गोल गर्दै वेस्टहामलाई दुई गोलले अघि बढाएका थिए । १३ औं मिनेटमा निल माउपेले गोल गर्दै ब्रेन्टफोर्डलाई १–२ मा ल्यााए । ६३ औं मिनेटमा बोइनले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

६९ औं मिनेटमा इमर्सनले गोल गर्दा वेस्टहाम ४–१ ले अघि बढ्यो । ८२ औं मिनेटमा योने वीसाले गोल गरेपनि ब्रेन्टफोर्डको हार टार्न सकेनन् र टोली २–४ गोलले पराजित भयो ।

वेस्टहाम २६ खेलबाट ३९ अंकका साथ तालिकाको आठौं स्थानमा छ । ब्रेन्टफोर्ड २५ अंकका साथ १६ औं स्थानमा छ ।