• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुस्ख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेल वरिष्ठ गायक तथा संगीतकार एवं भजन शिरोमणीको उपाधिबाट समेत प्रसिद्ध भक्तराज आचार्यको निधनको खबरले स्तब्ध भएको जनाउनु भएको छ ।

उहाँले दु:खको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।