४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशलाई भेट्न किन पुगे प्रधानसेनापति सर्वोच्चमा



अ+ अ-

काठमाडौं ।  सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र प्रधानसेनापतिबिच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालतमा पुगेका हुन् । 

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले केही दिनमै फैसला दिने तयारी गरिरहेको समयमा प्रधानसेनापति थापाले आकस्मिक रुपमा प्रधानन्यायाधीशसँग भेटेका हुन्।

तर सर्वोच्च अदालत स्रोतले भने प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच भएको भेट जग्गाको विषयसँग सम्बन्धित रहेको जनाएको छ।

‘सर्वोच्च अदालतको नयाँ भवन सेनाको जग्गामा निर्माण हुँदैछ, सो जग्गा प्राप्ती र हस्तान्तरण सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले नै प्रधानसेनापतिलाई बोलाउनु भएको हो’, अदालत स्रोतले भन्यो।